तनहुँमा कार दुर्घटना हुँदा १ जना घाइते

पोखरा न्यूज – ०३, असोज तनहुँमा शुक्रबार कार दुर्घटना हुँदा १ जना घाइते भएका छन्

तनहुँ आबुखैरेनी गाउँपालिका -२ खानीखोला राजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ आउदै गरेको बा ५ च ७४८७ नम्बरको कार दुर्घटना हुँदा कारका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक तनहुँ भानु नगरपालिका – ४ पन्त गाउका २६ बर्षीय सागर पन्त घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

घाइते पन्तलाई उपचारको लागि छिम्केश्चरी अस्पताल आबुखैरेनी पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button