लमजुङमा लडेर चिनियाँ नागरिक घाइते

पोखरा न्यूज – ०३, असोज । लमजुङको मर्स्याङदी गाउँपालिका-६ स्थित ङादी हाईड्रो पावरमा काम गर्ने चिनियाँ नागरिक चिप्लिएर लड्दा घाइते भएका छन् ।

काम गर्ने क्रममा माथिबाट चिप्लिदा ३५ वर्षका हुआंग झिजोङ घाईते भएको प्रहरीले जानकारी दिएको हो । झिजोङलाई उपचारका लागि पोखरा ल्याइएको पनि प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button