महानायक राजेश हमालद्धारा अभिनित वृत्तचित्र कखराको पोखरामा प्रिमियर शो

आर.आर. पौडेल, पोखरा न्यूज – ०४, असोज । नेपाली चलचित्रका महानायक राजेश हमाल अभिनित शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखराको प्रिमियर शो पोखरामा सम्पन्न भएको छ । ७० मिनेट लामो रहेको उक्त वृत्त चित्रमा महानायक हमालसँगै भुपेन चन्द, शौैजन्य सुव्वा, गजे विष्ट, सञ्चारकर्मी श्रीकृष्ण न्यौपाने, गिनिज बुकमा नाम लेखाउन सफल बाल कलाकार सौगात विष्ट लगायतको अभिनय रहेको छ ।

युनाइटेड क्लब पोखराको आयोजनामा पोखराको बाराही सिनेमा हलमा वृत्तचित्र प्रदर्शन गरिएको हो । विद्यालय, घर परिवार, प्रहरी प्रशासनको हेलचक्राइ र विद्यालयमा विद्यार्थीले पाउने दण्ड सजायका कारण साना बाल मस्तिस्कमा कस्तो प्रभाव पार्छ भन्ने सन्देश वृत्तचित्र मार्फत दिन खोजिएको छ ।

‘कखरा वृत्तचित्र सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले एक पटक हेर्न आवश्यक रहेको छ’ प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले भने । वृत्तचित्रलाई सम्पूर्ण विद्यार्थी शिक्षक र अभिभावकको वीचमा वृहत प्रदर्शन गरिने उनले बताए ।

सो अवसरमा बो ल्दै युनाईटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले युनाइटेड क्लबले स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र सोही अनुरुप शैक्षिक चेतनामुलक कखरा वृत्तचित्रको सफल प्रदर्शन गरिएको बताए ।

क्लबका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिती संयोजक राजु श्रेष्ठले युनाइटेड क्लबको शिक्षा कार्यक्रम अन्तर्गत स्थापना कालदेखी विभिन्न सामुदायिक विद्यालयहरुमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति अक्षयकोष स्थापना गर्दै आएको, विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक तथा कम्प्युटर वितरण गर्दै आइरहेको सन्दर्भमा हाल आएर शैक्षिक चेतनामुलक वृत्तचित्र कखरा प्रदर्शन गरिएको वताए ।

वृत्तचित्रका निर्माता तथा एक्स्ट्रा एङगल गर्वु फिल्मस प्रालिका सञ्चालक विनोद लामाले आफ्नो सानो प्रयासलाई युनाईटेड क्लव र पोखरामा रहेका शैक्षिक क्षेत्रमा आवद्ध संघ संस्थाहरुको सहयोग प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि कखराको प्रदर्शनलाई सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा एन प्याब्सन कास्कीका प्रतिनिधी, नेपाल शिक्षक महासंघ कास्कीको प्रतिनिधी, मन्टेश्वरी एशोसियएसन कास्कीका प्रतिनिधीहरु सहित प्याब्सन, एन प्याब्सन र सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, क्लवका पदाधिकारी तथा सल्लाहकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button