ट्रम्पको भाषण लम्बिदै, ट्वीट र रिट्विट पनि बढ्दै

शुब्रत ढकाल, पोखरा न्यूज – ०४, असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बदलिँदो सामाजिक जीवनबारे सि।एन्।एन् ले नयाँ आँकडाहरु सार्वजनिक गरेको छ । आँकडाले राष्ट्रपति ट्रम्पले २०१९ मा अघिल्ला वर्ष भन्दा धेरै ट्विट गर्ने गरेको र भाषण पनि लामा हुन थालेको देखाएको छ ।

ट्रम्पका ट्विट र रिट्विट राष्ट्रपति बने पछिका वर्षमा सङ्ख्यात्मक रुपमा उकालो लागेको छ । उक्त आँकडा २०१७ भन्दा ९१ प्रतिशत र २०१८ भन्दा ४३ प्रतिशतले वृद्धि भएको सि.एन.एन् ले उल्लेख गरेको छ । त्यस्तै भाषणमा पनि ट्रम्पले पछिल्लो वर्ष भन्दा प्रत्येक हप्ता २५ मिनेट ज्यादा खर्च गर्न थालेको आँकडाले देखाएको छ ।

त्यस्तै विमान यात्रा अघि हुने सम्बोधन पनि ट्रम्पले लब्याउन थालेका छन् । चपर टक नाम दिइएका त्यस्ता सम्बोधनको समयमा पनि अघिल्लो वर्ष भन्दा ७८ प्रतिशतको वृद्धि देखिएको छ भने ट्रम्पले क्यामेरामा पनि लामो समय बिताउन थालेको सि।एन्।एन् ले उल्लेख गरेको छ ।

यस पछाडीको कारण पछिल्लो समय ट्रम्पले आफ्ना नजिकका थुप्रै अधिकारीलाई गरेको बर्खास्ती हुन सक्ने जनाइएको छ ।
सबैभन्दा रोचक तथ्यांकमा राष्ट्रपति ट्रम्पको झुट पनि बढेको औल्याइएको छ ।

तथ्यांक अनुसार ट्रम्पलाई पहिलो १ हजार झुटा आरोप लगाउन ३ सय ४३ दिन, त्यसपछिका १ हजार आरोपलाई १ सय ९७, त्यसपछि ९३ र पछिल्ला झुटा आरोप लगाउन केवल ७५ दिन लागेको देखाइएको छ । ४ हजार /५ हजार  आरोप लगाउन भने ट्रम्पले आफ्नो रेकर्ड लम्ब्याउँदै १२५ दिन लगाएको उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button