म्याग्दीमा बाढी: २ बालिका बेपत्ता

पोखरा न्यूज – ०५ असोज । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बेनी-९ की १० वर्षीया प्रविना परियार र बेनी-५ की छ वर्षीया अनुश्का परियार छन् । बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ ।

सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन र खेलमैदानमा समेत क्षति पुगको स्थानीयवासी चित्रबहादुर रिजालले जानकारी दिए ।प्रहरी र स्थानीयबासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button