पोखरामा क्रिस्टल क्लज डान्स इन्स्टिच्युट सञ्चालनमा

आर.आर. पौडेल,पोखरा न्यूज – ०५ असोज । पोखराको निभा गल्लिमा क्रिस्टल क्लज डान्स इन्स्टिच्युट सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको यो इन्स्टिच्युटको औपचारिक उद्घाटन नेपालको चर्चित डान्स क्रु कार्टुन क्रु का निर्देशक सरोज अधिकारी र कोरियोग्राफर आश्मा विश्वकर्माले संयुक्त रुपमा गरे ।

२०७१ सालबाट पोखराको नदिपुरमा नृत्यु सिकाउदै आएको क्रिस्टल क्लजले नयाँ व्यस्थापनका साथ इन्स्टिच्युटलाई सञ्चालनमा ल्याएको सञ्चालक गोविन्द बाँस्तोलाले बताए । पछिल्लो समयमा चर्चामा रहेको पोखराको चर्चित डान्स क्रु क्रिस्टल क्लज डान्स क्रू ले नै यो इन्स्टिच्युटलाई सञ्चालनमा ल्याएको उनले बताए । क्रिस्टल क्लज डान्स क्रू का लिडर सन्देश जंग राणा इन्स्टिच्युटका निर्देशक हुन् । बाँकी क्रु मेम्बरहरु प्रशिक्षकको रुपमा यहाँ आवद्ध छन् ।

उद्घाटन समारोहमा बोल्दै कार्टुन क्रुका निर्देशक सरोज अधिकारीले एउटा डान्सरले अर्को डान्सरलाई सर्पोट गर्नुपर्ने बताए । डान्स कोरियोग्राफर आश्मा विश्वकर्माले डान्स सिक्दै आफुमा निखारता थप्नुपर्ने बताइन् ।  ‘पोखरामा व्यवस्थित हल सहित डान्स गर्ने ठाउँको अभाव भएकोले डान्स स्कुल स्थापना गरेका हौँ’ निर्देशक सन्देशले भने । क्रु को फ्युचर देखेरे नै क्रु सँगै इन्टिच्युट खोलिएको उनले बताए ।

अहिले एकदमै धेरै क्रेज भएको कारण विद्यार्थीको फ्लो बढी छ । डान्स सिक्न खोज्नेहरुको आर्कषण बढ्दै गएको छ । पोखरामा व्यवस्थित हल सहित डान्स गर्ने ठाउँ नभएकोले डान्स स्कुल स्थापना गरेको निर्देशक सन्देशले बताए । ‘नाच्न जो पनि नाच्छ, त्यसलाई कसरी प्रिजेन्टेसन गर्छ भन्नु ठुलो कुरा हो, हाम्रो ध्यान त्यसमो हुन्छ’ सञ्चालक गोविन्दले भने । यहाँ बिहानदेखि बेलुकासम्म नृत्य सिकाइन् ।

बेला बेलामा बाहिरबाट प्रशिक्षक ल्याएर वर्कसप गर्ने उनीहरुको योजना छ । बेसिक ३ महिना, एडभान्स ६ महिना, सोलो डोयट आवश्यकता अनुसार सिक्न पाइन्छ । बेसिकको लागि महिनाको दुई हजार, एडभान्सको लागि महिनाको ३ हजार शुल्क लाग्नेछ ।विद्यार्थीलाई टिर्सट इन्स्च्यिुटले व्यवस्था गर्नेछ । विभिन्न कार्यक्रम, भिडियोको लागि सिक्न खोज्नेलाई पनि यहाँ सिकाइन्छ । फिटनेसको लागि पुग्नेहरुको लागि जुम्बा डान्स पनि सिकाइन्छ । झण्डै २० लाखको लगानीमा यसलाई सञ्चालनमा ल्याइएको हो ।

यसका अलावा क्रिष्टल वयर मार्फत ब्राण्डलाई स्थापित गर्न पनि खोज्दैछन् । वेयरको सञ्चालिका अस्मिता भुजेल हुन् । १५ देखि २५ वर्ष सम्मको डिजाइन प्रिन्टिङ अनलाइन मार्फत उपलब्ध गराउने उनीहरुको सोच छ । ‘राम्रो कलाकारलाई समय दिएर राम्रो बनाउने, प्लाट फर्म दिने योजना हो, अब विद्यार्थीबाट पनि हामी धानिन सकिन्छकी जस्तो लागेको छ’ क्रिस्टल क्लज डान्स क्रु का लिडर समेत रहेका सन्देशले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button