दुर्घटनामा पारेर ठेकेदार फरार, घाइते पोखरामा अलपत्र

दीननाथ बराल,  पोखरा न्यूज – ५, असोज । बुटवलमा मोटरसाइकल दुर्घटनामा परि  घाइते भएका एक व्यक्ति पोखरामा अलपत्र अवस्थामा भेटिएका छन् । आफुलाई मोटरसाइकल दुर्घटनामा पारेर आफुलाई काम लगाउने ठेकेदार फरार भएपछी ठेकेदार खोज्दै आएका घाइते  पर्वत चर्काङका २८ बर्षीय राजु न्यौपाने पोखरामा अलपत्र परेका छन् ।

तीन दिन अघि वुटवलमा मोटरसाइकलमा दुर्घटनामा परेका न्यौपानेलाई छाडेर ठेकेदार सम्पर्क विहिन भएपछी  उनी घाइते अबस्थामा वैशाखिको भरमा पोखरामा ठेकेदारको खोजिमा रहेका छन्। ठेकदार सुमित बस्नेतले हाकेको मोटरसाइकलमा सवार न्यौपाने दुर्घटनामा परी बेहोस भएसंगै वुटवलको एक अस्पतालमा उपचार पछि उनी हाल पोखरामा आएका हुन ।

दुर्घटनामा परी घाइते भएका न्यौपानेलाई प्रहरी र स्थानियले उद्धार गरी बुटवल अस्पताल पुर्याएका  थिए । उनको अनुहार, हात खुट्टामा चोट लागेको छ भने चोट लागेको ठाउँबाट रगत समेत बगेको छ । घाइते भएका न्यौपाने हाल वैशाखिको भरमा हिड्ने गरेकाछन्।

तीन दिन अघि दुर्घटनामा परेका न्यौपाने हिजो राति नाइट बसमा वुटवलबाट हिडेसंगै आइतबार विहान ५ बजे पोखरा झरेका  थिए । अस्पतालमा केही दिन उपचार पछि अस्पतालले आफन्त नभेटेसंगै अब सन्चो हुन्छ घर जान सक्नुहुन्छ भनी अस्पतालले डिस्चार्ज गरेसंगै आफु ठेकेदार खोज्दै  पोखरा आएको घाइते न्यौपानेले  गुनासो गरे। उनले पोखरा न्यूज सँग भने “ म एउटा टुहुरो मान्छे हुँ, त्यस माथि ठेक्दारले दुर्घटनामा पारी ठेकेदार कता भागे मेरो शरीरै भरी घाउँ नै घाउँ छ, कसले उपचार गरिदेला ।”

ठेकेदारले आफ्नो घर पोखरा हो ,पोखरामा बस्छु भनेकाले ठेकेदार खोज्दै पोखरा आएको न्यौपानेले बताए । पोखरा आएपछि ठेकेदारको घर पोखरा नभई  प्यूठान हो भन्ने आफुले सुनेको र ठेकेदारले आफुँलाई ढाटेको  न्यौपानेले बताए ।

यसैबिच, पोखरा एयरपोर्टकी युन्सि राई र उनको परिवारले घाइते न्यौपानेको उपचारमा लागे खर्च व्यहोर्ने भएका छन् । पोखरा एयरपोर्ट नजिक घारिपाटन क्षेत्रमा सडक छेउमा भोक भोकै घाइते अबस्थामा न्यौपानेलाई देखेसंगै मनकारी राईले उनको उपचार गर्ने निधो गरेकी हुन्।

विदेशबाट केही दिनको लागि स्वदेश आएकी उनले एउटा नेपाली घाइते भएर सडक छेउमा पछारिएको देखेसंगै उपचार गर्न लागेकी हुन्। उनले प्रहरी र पोखरा न्यूजलाई  खबर गरि न्यौपानेको उपचार गर्न पोखराको गण्डकी मेडिकल कलेजमा लगेकी हुन्। घाइते न्यौपानेलाई उपचार  सहित लत्ता  कपडा समेत उपलब्ध गराउने उनले उद्घोष गरेकी छन्।

प्रहरीको सहयोगमा घाइते न्यौपानेलाई उपचार गर्न अस्पताल पुर्याइएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button