पर्वतमा गोबर ग्याँसको खाडलमा डुवेर १८ महिने बालकको मृत्यु

पोखरा न्यूज – ०६, असोज पर्वतमा गोबर ग्याँसको खाडलमा डुवेर  १८ महिने बालकको मृत्यु भएको छ ।

फलेबास नगरपालिका-१० कुर्घा स्थित  प्रिती नेपालीको डेढ वर्षको छोरा रेगम नेपालीको घर नजिक रहेको गोबर ग्याँसको ओभरफ्लो पानीको खाडलमा डुवेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

पानीमा तैरीइरहेको अवस्थामा पानीबाट निकाली उपचारको लागि धुलीखेल अस्पताल फलेबास पर्वत लगिएकोमा चिकित्सकले बालकलाई  मृत घोषणा गरेको प्रहरीले उल्लेख गरेको छ  ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button