बस दुर्घटनामा चालक तिमिल्सिनाको मृत्यु, १५ घाइते

पोखरा न्यूज – ०७, असोज । नवलपुरको मध्यविन्दु नगरपालिकाको अरुणखोला जंगलमा बस  दुर्घटना हुँदा  एकजनाको मृत्यु भएको छ ।

दाङबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको यात्रुवाहक बस सोमबार राति  १ः४५ बजेको समयमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा  कम्तीमा १५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको  छ ।

दुर्घटनामा परी घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button