पोखरा न्यूज – ०७, असोज । नवलपुरको मध्यविन्दु नगरपालिकाको अरुणखोला जंगलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दाङबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको यात्रुवाहक बस सोमबार राति १ः४५ बजेको समयमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।
दुर्घटनामा परी घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।