आज कक्षा ११ को परीक्षाफल सार्वजनिक हुँदै

पोखरा न्यूज – ०७, असोज । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने भएको छ ।

आज बिहान १० बजे बोर्डको बैठक बसेपछि साँझसम्म परीक्षाफल प्रकाशित हुने बोर्डले जनाएको हो । गत वैशाख २९ देखि जेठ ८ सम्म सञ्चालन गरिएको परीक्षामा मुलुकभरका ४१३७ विद्यालयबाट ५ लाख ८ हजार परीक्षार्थी सामेल भएका थिए ।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमलगायतका विभिन्न वेबसाइटमा प्रकाशित हुनेछ भने फोनकल र एस.एम.एस मार्फत पनि नतिजा प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button