कौडा किङ्ग गणेश गुरुङ र गायिका माया गुरुङको ‘याद आउँछ बेसरी’ (भिडियो )

पोखरा न्यूज- ०७, असोज । पछिल्लो समय नेपाली लोक संगीतले निकै फड्को मारेको छ ।

वास्तवमा नेपालीको गीत संगीत नै लोक गीत हो । आजको दिनसम्म लोक संगीतमा कुनै पनि पुर्णविराम लागेको छैन ।
लोक संगीत नेपालीको पहिचान नै हो । बजारमा नयाँ नयाँ लोक संगीत सार्वजनिक हुने क्रम जारी नै छ ।  करोड क्लवलाई लक्षित गर्दै दिनहुँ लोक संगीतहरु आईरहेका छन् ।

त्यसै क्रममा ‘याद आउँछ बेसरी’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । ‘याद आउँछ बेसरी’ गीतलाई कौडा किङको उपाधि पाएका गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेका छन् । गीतको शब्दलाई गणेश गुरुङले लेखेका हुन् भने संगीत गायिका माया गुरुङले भरेकी हुन् । गीतलाई संगीत संयोजनमा अब्बल कृष्ण बिकले संगीत संयोजन गरेका छन् ।

मारुनी डिजिटलमा रेकर्डिङ गरिएको ‘याद आउँछ बेसरी’ गीतको मिक्सिङ भने कुमार रानाले गरेका छन् ।
पछिल्लो समय निकै ब्यस्त बन्दै आएका युवा निर्देशक मौसम हिमालीको निर्देनमा ‘याद आउँछ बेसरी’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ ।

गीतमा कुनै समय नृत्य क्षेत्रमा एकछत्र राज गर्न सफल र पछिल्लो समय अमेरीकाबाट पर्किएका मोडल तथा कोरियोग्राफ बब्बु थापा, गायक गणेश गुरुङ, आरुशी मगर, कमला गुरुङ र साथीहरुको नृत्य तथा अभिनय रहेको छ ।

यस गीतको म्युजिक भिडियोलाई प्रकाश खड्को छाँयाकन गरेका हुन् भने कलर तथा सम्पादन मनेज कार्कीले गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button