वानप्लसले बिहिबार ७टि र आफ्नो पहिलो टिभी सार्वजनिक गर्दै

पोखरा न्यूज – ०८, असोज । स्मार्टफोन निर्माता कम्पनी वानप्लसले भोलि बिहिबार आफ्नो पछिल्लो स्मार्टफोन वानप्लस ७टि र पहिलो टिभी सार्वजनिक गर्दैछ ।

सस्तो मुल्यमा प्रयोगकर्तालाई प्रिमियम अनुभव दिलाउने ब्रान्डका रुपमा विश्वविख्यात वानप्लसको यस ७टि मोडल पनि उच्च रेन्जका हार्डवेयर र एन्ड्रोइडको पछिल्लो सफ्टवेयर भर्सनमा उपलब्ध हुनेछ । प्रिलोडेड एन्ड्रोइड १० सफ्टवेयर प्रयोग भएको पहिलो फोन पनि ७टि नै हुनेछ ।

हार्डवेयरतर्फ ८ जिबी र्याम र १ सय २८ तथा २५६ जिबी दुई भेरियण्टमा उपलब्ध हुने ७टि मा मेमोरी कार्डको सुविधा भने हुने छैन ।स्नापड्रागनको पछिल्लो ८ सय ५५ प्रोसेसर प्रयोग भएको वानप्लस ७टि मा एड्रीनो ६ सय ४० जिपियु प्रयोग हुनेछ ।

४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सलको टेलिफोटो र १६ मेगापिक्सलको अल्ट्रावाइड गरेर पछाडि ट्रीपल क्यामेरा सेटअपले सुसज्जित ७टिमा १६ मेगापिक्सलको वाइड एङ्गल सेल्फी क्यामेरा रहेको छ । ६.५५ इन्च साइज र २०:९ रेजुलेसनको डिस्प्ले रहेको ७टिमा कोर्निङ गोरिल्ला ग्लास ६ को सुरक्षा ग्लास प्रयोग भएको छ ।

त्यस्तै ३ हजार ८ सय  मिलिएम्पेएर आवर (mAh)को ब्याट्री प्रयोग भएको फोनमा फास्ट चार्जिङको विशेषता समेत रहेको छ । वानप्लसले ७टिको रिलिज समारोहमै पहिलो पटक आफ्नो टिभी पनि सार्वजनिक गर्ने बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button