पोखरामा घटस्थापनको दिन स्रष्टा सम्मानसहितको म्यूजिकल जर्नी हुने

पोखरा न्यूज – ०९ , असोज । पोखराको रानीपौवामा रहेको जोजिजू म्यूजिक सेन्टर तथा म्यूजिक स्कुलको आयोजनामा जोजिजू म्युजिकल जर्नी २०७६ को साथमा स्रष्टा सम्मान गर्ने भएको छ ।

उत्प्रेम म्युजिक एकेडेमीको सह-आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आइतबार (घटस्थापना) को दिनमा बिशेष सांगीतिक, सांस्कृतिक कार्यक्रमको साथमा स्रष्टा सम्मानसहित म्युजिकल जर्नी हुने भएको स्कुलका निर्देशक गायक विनित जोजिजूले बताए ।

“संगीतको उत्थान हाम्रो दायित्व, कला र प्रतिभाको पहिचान हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना हुने कार्यक्रमको अवसरमा अग्रज सङ्गीत तथा सस्कृतिकर्मी कृष्ण बहादुर श्रेष्ठ र अग्रज पत्रकार कृष्ण प्रसाद बाँस्तोलालाई सम्मान गरिने भएको निर्देशक जोजिजूले जनाए ।

श्रेष्ठलाई सङ्गीत तथा सस्कृतिको क्षेत्रमा र बास्तोलालाई पत्रकारिताको क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएको भन्दै म्युजिक जर्नीको अवसरमा सम्मान गरिने भएको उनले जनाए । मोहरियाटोल निवासि श्रेष्ठ नेपाल राष्ट्र बैंकका विबृत्त अधिकृत समेत हुन भने उनले नेपाली सङ्गीत तथा सस्कृतिकको क्षेत्रमा विगत ३ दशक देखि लाग्दै आएकाछन्।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष आर्दश समाजका प्रधान सम्पादक बाँस्तोला विगत साँढे दुई दशक देखि पत्रकारिता गर्दै आएका छन्।  स्कुल १७ औ बर्ष पुगेको अवसरमा समाजमा रहेका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्ने क्रममा यस बर्ष दुई जना श्रष्ठा सम्मानित हुने भएको सेन्टरले जनाएको छ ।

श्रष्ठा छनौट समितिमा बिनित जोजिजु, पदम राज ढकाल, मिन काजी गुरुङ नबराज बराल ,मन कुमार श्रेष्ठ, सुनिल थापा र राजाराम पौडेल रहेका थिए । संस्थाले यस अघि विभिन्न क्षेत्रका व्यत्तिलाई सम्मान गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button