प्रविधिसमाचार

रियलमीको ६४ मेगापिक्सल क्यामेरा सहितको फोन सार्वजनिक

पोखरा न्यूज – ०९ , असोज । चिनियाँ फोन निर्माता कम्पनी ओप्पोको सहायक कम्पनी रियलमीले ६४ मेगापिक्सलको क्यामेरासहितको एक्स २ मोडेल सार्वजनिक गरेको छ ।

६.४ इञ्चको विशाल फुल एच् डी सुपर एमोलिड डिस्प्लेसहितको एक्स टु ६ जिबि र्याम र ६४ जिबि स्टोरेज तथा ८ जिबि र्याम र १ सय २८ जिबि स्टोरेज सहितको दुई भेरियण्टमा उपलब्ध छ ।

क्वालकम कम्पनीको पछिल्लो स्न्यापड्रागन ७ सय ३०सि प्रोसेसर प्रयोग गरिएको यस मोबाइल फोनमा द्रुत गतिमा चार्ज हुने फ्ल्यास चार्ज प्रविधि पनि प्रयोग गरिएको छ ।

क्यामेरा तर्फ फोनमा पछाडि ६४ मेगापिक्सलको मुख्य क्यामेरासहित चारवटा क्यामेरा छन् भने अगाडि ३२ मेगापिक्सलको ब्युटी सुटर रहेको छ ।

नेपाली बजारमा फोनको मूल्य ६४ जिबि भेरियण्टको ३६ हजार  र १२८ जिबि भेरियण्टको ४० हजार आसपास रहने अनुमान गरिएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x