बुद्धको जन्म बारेमा चलाइएको भ्रम चिर्न धिरज राईको पोखराबाट स्टिकर अभियान

आरआर पौडेल, पोखरा न्यूज – ०९ , असोज ।  प्राध्यापक समेत रहेका नेपाली पप स्टार धिरज राई विगत १२ वर्षदेखि बुद्धको जन्म नेपालमा भएको हो भन्ने बुझाउन अभियान लिएर हिडिरहेका छन् । उनको अभियानको मुख्य उद्धेश्य हो भगवान गौतम बुद्धको जन्मठाउँको बारेमा चलाइएको भ्रमलाई चिर्ने ।

यो अभियानका साथ उनी विश्वका २७ देशमा पुगिसकेका छन् । अब छिट्टै अमेरिका र अष्ट्रेलियामा पुग्ने उनको योजना छ । सन् २०१३ बाट सुरु भएको यो टुर लिएर उनले ८० देशमा पुग्ने लक्ष्य बनाएको उनले सुनाए । बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै हातमा गीतार, छातीमा बुद्धको तस्विर, अनि मनमा नेपाल लिएर उनले यो टुर गर्ने गरेका छन् ।

१२ वर्ष अगाडी कलेजमा पढ्थे । एमए अग्रेजी साहित्यमा मास्टर दोसे वर्षमा । मैले पढ्ने ‘हिस्ट्री अफ नलेज’ भन्ने किताबमा खुलम खुल्ला बुद्धको जन्म भारतमा भएको भनेर लेखिएको थियो । मलाई अचम्म लाग्यो । नेपालमै मास्र्टस डिग्रि सेकेन्डइयरमा यस्तो गलत किताब कसरी पढाइ भयो । पाठ्यक्रममा किन स्विकृत गर्यो भन्ने लाग्यो ।

तस्बिर-आरआर पौडेल

अनि मास्र्टर डिग्रिको किताब हटाउनुपर्छ भनेर सरलाई भने । यसले नकारात्मक असर पार्छ भने तुरुन्त किताब हटाउनु पर्छ भनेर अलि जोडका साथ मैले आवाज उठाए । तर दुःखको कुरा किताब हटाउनको सट्टा सरले मलाई कलेजबाट हटाइदिनु भयो । उहाँले पुस्तक हटाउन चाहनु भएन । ६ महिनासम्म कलेज नआउने व्याण्ड गनूभयो । मलाई पनि एम ए पासगरेर कलेज पढाउने रहर थियो । तर मैले त्यति गर्न भगवान बुद्धको जन्म भारतमा भएको हो भन्न सकिन ।

अनि मैले कलेज छोडे । तर चुप लागेर बसिन । देशभरीनै मास्र्टरस पढ्ने विद्यार्थी माझ आन्दोलन चर्कायौ । आवाज उठायौँ । ८ हजार हस्ताक्षर संकलन गरेउ । शिक्षा मन्त्रालयमा बुझायौ । त्रिभुवन विश्वविद्यालयमा कुरा राख्यौ । अनि त्यहि वर्षबाट सो किताब कलेज बाट बन्द भयो । विगत सम्झदै धिरजले भने ।

धिरजले यतिबेला स्ट्रिकर टास्ने अभियानलाई तिव्र पारेका छन् । यो अभियान पोखराको फेवातालका डुंगामा स्ट्रिकर टाँसेर सुरु भएको थियो । स्ट्रिकरमा लेखिएको छ ‘बुद्ध वाज बोर्न इन नेपाल’ । भगवान गौतम बुद्धको तस्विर स्ट्रिकरमानै छ । ‘बुद्धको जन्मभुमिबारे फैलाएको भ्रम चिरौ’ भन्ने सन्देश तहाँ देख्न सकिन्छ । साथमा बुद्धको जन्म नेपालमा भएको हो भन्ने विश्वसमुदायलाई बुझाउन अभियान लिएर हिडेका नेपाली पप स्टार धिरज राईको तस्विर समेत स्ट्रिकरमा देख्न सकिन्छ ।

विदेशी पाहुना पर्यटक मात्रै होइनन्, उनीहरु सो देशको सद्भाव दुत पनि भएकोले उनीहरुलाई सत्य तथ्य बुझाउन सकेमा विदेशीले पर्यटकलेनै बुद्धको जन्मभुमीको भ्रम चिर्ने अभियान्ता धिरजको बुझाइ छ । यसैको लागि पर्यटकिय क्षेत्रमा पुगेर स्ट्रिकर टास्ने अभियान सुरु गरेको उनले प्रष्ट्राए । पोखराबाट सुरु भएको यो अभियानलाई लिएर उनी देशका विभिन्न ठाउँ र विभिन्न व्यक्क्ति समक्ष पुगिरहेका छन् । बुद्धको बारेमा पर्यटकलाई सत्य तथ्य बुझाउन सके उनीहरुले बुद्धको जन्मभुमीको बारेमा भम्र चिर्न सक्ने उनको विश्वास छ ।

तस्बिर – आरआर पौडेल 

भगवान् बुद्धको जम्मेको बारेमा भ्रमका कारण नेपाल आउने पर्यटकको संख्यामा असर परेको धिरज सुनाउँछन् । बुद्धको जन्म बारेको भ्रम चिरेर क्लियर गर्न सके नेपालमा आउने पर्यटकको संख्या बढ्ने दावी उनको छ ।

उनले निरन्तर रुपमा भगवान बुद्धको जन्मको बारेका सामाग्रीहरु खोजी अभियानलाई जारी राखे । बुद्धको जन्मको बारेमा भ्रम छर्न लेखिएका पुस्तकका कारण बुद्धको जन्मबारे भ्रम फैलिएको उनको निष्कर्ष छ । गलत कुरालाई समयले पन्छाएर लाने, सत्य कुरा आएरै छाडने  विश्वास उनमा छ । उनले ५ सय भन्दा बढी पुस्तकमा बुद्धको जन्मको गलत लेखेर भ्रम छरिएको बताए । केहि पुस्तकको नमुना उनले साथै बोकेर समेत हिड्छन् ।

उनले बुद्ध भारत, थाइल्याण्ड, श्रीलङ्कामा जन्मिएका हुन् भन्ने पुस्तक मार्फत भ्रम छर्ने गरिएको उनले बताए । विदेशी पर्यटक जहाँ–जहाँ पुग्छन् त्यो ठाउँमा पु¥याउने लक्ष्य राखिएको स्ट्रिकर अभियानले बुद्ध जन्मभुमीको बारेको भ्रम चिर्नेमा सहयोग गर्ने धिरज बताउँछन् । उनले नेपाली नोट र पासपोर्टमा बुद्धको तस्विर राख्न माग गरेका छन् । बुद्ध अभियानको क्रममा उनले कलाकार, नेता, कर्मचारी, पत्रकार, विद्यार्थी, सामाजिक व्यक्त्तित्वलाई भेटिरहेका छन् । अभियानको बारेमा आफ्नो फेसबुक मार्फत समेत उनले अपडेट गरिरहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button