नेप्सेको ओरालो यात्रा जारी

पोखरा न्यूज – ०९ , असोज ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १ सय २९.८० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २ सय ४७.३२ विन्दुमा सीमित भएको छ ।

नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १ सय ६८ कम्पनीको सात लाख ९९ हजार १ सय २८ कित्ता शेयर रु २१ करोड २५ लाख ४१ हजार ३ सय ५२ मूल्यमा खरीद बिक्री भए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बीमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.७५, व्यापार ४.८२, विकस बैंक ४.७, वित्त ०.०२, निर्जीवन बीमा १३.६३, उत्पादन ९.९४, अन्य ०.२१, लघुवित्त ३.७३ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ९४ लाख ६१ हजार ९ सय ५५ बराबरको शेयर कारोवार भएको छ । यस्तै सानिमा बैंक रु एक करोड २५ लाख नौ हजार ९ सय ५४, प्रभु बैंक रु एक करोड १४ लाख ८६ हजार ६ सय ११, मेगा बैंक रु एक करोड एक लाख १८ हजार ८ सय २२, नेपाल बैंक लिमिटेड रु ८३ लाख ९ सय ७५, एनएलजी इन्स्योरेन्स कम्पनी रु ६६ लाख १९ हजार २ सय ७२ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा सिनर्जी पावरका लगानीकर्ताले ७.४६ प्रतिशतले कमाए । यस्तै गुर्खाज फाइनान्स ६.५४, हिमालयन ऊर्जा विकास कम्पनी ५.६६, नेरुडे लघुवित्त वित्तीय संस्था ३.८४, हिमालयन पावर पार्टरन ३.८२ र समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाए ।

त्यस्तै गुमाउनेमा जोशी हाइड्रोपावर ५.२६, विशाल बजार कम्पनी ३.९३, विजय लघुवित्त वित्तीय संस्था ३.९२, आरएमडिसी लघुवित्त वित्तीय संस्था ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६३ प्रतिशतले गुमाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button