मेलिना राईको गीतमा आँचल शर्माको अभिनय

आरआर पौडेल, पोखरा न्यूज – ०९ , असोज ।  नेपाली सुगम संगीतको चर्चित गायिका मेलिना राईको स्वरमा रहेको गित ‘परदेशी मायाँलु’ रिलिज भएको छ ।

गीतको म्युजिक भिडियोमा नेपाली चलचित्रकी चर्चित नायिका आँचल शर्माले अभिनय गरेकी छन् । गीतमा आंचल शर्माको जोडी बनेर राम आर.एस. देखिएका छन् । दुवै जनाको जिबन्त अभिनयले भिडियो उत्कृष्ट बनेको छ ।

पोखराका विकाश सुबेदीको निर्देशन रहेको भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् । सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । रक्षा म्युजिक प्रा.लि.मार्फत बजारमा आएको यस गितमा संगीत स्याङ्गजाका प्रेम सागर पौडेलको हो भने शब्द रचना प्राप्ति पौडेलले गरेकी हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button