ह्याकरको निशानामा राउटर, ईकमर्स र अनलाइन सपिङ

पोखरा न्यूज – ०९ , असोज ।  ह्याकरहरुले कम्प्युटर, मोबाइल र वेबसाईट पछि राउटरलाई आफ्नो निशाना बनाएका छन् ।

व्यापारिक प्रयोजनमा प्रयोग हुने लेयर-७ राउटरमा अनाधिकृत कोड हालेर पैसा तिरिने कार्डको विवरण चोरीको प्रयासको प्रमाणहरु प्राप्त भएसँगै ईकमर्स र अनलाइन सपिङ खतरामा परेको हो ।

अनलाइन स्टोरका ठुला राउटर ह्याक गर्ने नयाँ मेजकार्ट तरिकाको पुष्टि भएसँगै ईकमर्स र अनलाइन सपिङ खतरामा परेको आइबिएमका विज्ञहरुले बताएका हुन् । वेब स्किमिङ पनि भनिने यस प्रकारको आक्रमणले साइबर सुरक्षाको जटिलता अझ माथिल्लो तह पुर्याएको उनीहरुको भनाइ छ ।

लेयर – ७ राउटरहरु मुख्य रुपमा अनलाइन सपिङ सेन्टर, होटेल, व्यापारिक मल, एअरपोर्ट, सार्वजनिक स्थानका साथै सरकारी कार्यालयमा समेत प्रयोग गर्ने गरिन्छ ।

यसबाट पनि मेजकार्ट आक्रमण कति संवेदनशील र व्यापक बन्न सक्छ अनुमान गर्न सकिन्छ । अझ मेजकार्ट आक्रमणमा कुख्यात ह्याकर समुहको हात रहेको जनाइएको छ ।

यस आक्रमणको समाधानका रुपमा बिज्ञहरुले एक पटक मात्र प्रयोग गर्न मिल्ने भर्चुअल कार्डलाई अघि सारेका छन् । तर यस्तो सुविधा हाल सीमित देशमा मात्र रहेकाले प्रभावकारी बन्न भने समय लाग्ने उनीहरुको तर्क छ ।

नेपाल जस्तो कमजोर साइबर सुरक्षा भएको देश यस्ता हमलाकारीका लाई सहज सिकार बन्न सक्छ । त्यसैले आउँदा दिनमा प्रविधिको दुनियाँमा बिस्तारै बामे सार्दै गरेको हाम्रो जस्तो देशलाई यस्ता हमलाबाट बच्न साइबर सुरक्षामा अझ धेरै खर्च र सीपमूलक जनशक्तिको ठूलो आवश्यकता रहनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button