साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

पोखरा न्यूज – १० , असोज । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

खेलको दोस्रो मिनेटमा नै बङ्गलादेशले अग्रता लियो । बङ्गलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन् । त्यस्तै खेलको २७औँ मिनेटमा बङ्गलादेशले अर्का खेलाडी मोहम्मदअहमेद फाहिमले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । खेलको ३२औँ मिनेटमा मोहम्मद मराजले गोल गर्दै खेलको पहिलो हाफअघि बङ्गलादेशलाई ३-० को अग्रता दिलाएका थिए ।

भूटानविरुद्ध पहिलो हाफमा तीन गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अन्तिम मिनेटमा बङ्गलादेशका दीपक रोयले एक गोल गरेपछि बङ्गलादेशले भूटानमाथि ४-० को सहज जित हात पार्यो ।

भूटान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बङ्गलादेश समूह बी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । अब बङ्गलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button