बुद्ध लामाले ल्याए आफु भन्दा जेठी (भिडियो सहित)

आर.आर.पौडेल, पोखरा न्यूज – ११, असोज । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामाले ‘आफु भन्दा जेठी’ बोलको गीत दर्शक श्रोतामाझ पस्केका छन् ।

पहिलो नेपाल आइडल बनेपछि विभिन्न गीत र गजल मार्फत स्रोता दर्शकको मन जित्द्दै आएका उनले यस पटक आफ्नो शैली भन्दा केहि फरक स्वादकोे गीत सार्वजनिक गरेका हुन् ।

थिम्याटिक भर्सनको यस गीतले अचेल केटीले पैसा बिना कसैलाई भाउ नदिने र आफू भन्दा जेठीलाई प्रेमिका बनाउने चलन आएको भन्ने भाव बोकेको छ ।

गीतमा बुद्ध लामा र समिक्षा कोइरालाको युगल गायन सुन्न पाइन्छ । गीतका शब्द मनोज सिग्देल युरेशले लेखेका हुन । गीतमा संगीत दिपक आर्जेको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

म्युजिक भिडियोमा सम्पदा बानिया मनोज सिग्देलको अभिनय हेर्न पाइन्छ । सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस भिडियोलाई चक्र बहादुर बराल बाशुले छायांकन गरेका हुन ।

सम्पादन बिनोद चौधरीको रहेको छ । सियोन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई दर्शक श्रोताको मन जित्ने उनीहरुको आशा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button