पोखरामा सम्पन्न वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिपको उपाधि सुजिता र रुपालाई

आर.आर. पौडेल, पोखरा न्यूज- १२, असोज । पोखरामा आयोजित पहिलो संस्करणको वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९ अन्र्तगत फिजिक च्याम्पियनसिप तर्फको उपाधि सुजिता मानन्धरले जितेकी छन् । अन्य ४ प्रतिष्पधीलाई पराजित गर्दै उपाधि जितेकी उनले उपाधिसँगै मानन्धरले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु २ लाख प्राप्त गरिन् ।

काठमाण्डौं केज टोटल फिटनेककी रोजी लामा फस्ट रर्नस अप बनिन् । लामाले ट्रफी, प्रमाणपत्र सहित नगद रु १ लाख ५ हजार हात पारिन् । सेकेन्ड रनर्सअप फिटनेस स्टपकी सनम मुलगुठी भइन् । लउनले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु ८० हजार जितिन् । प्रतियोगितामा थडरर्नसअप पावर जिम पोखराकी कमला थापा र फोर्थ रर्नसअप वेभ फिजिकल फिट्नेस भक्तपुरकी जस्मिन लामा बने ।

पोखरा सभागृह हलमा भएको अन्तिम प्रतिष्पर्धा अन्र्तगत विकिनि च्याम्पियनसिप तर्फ रुपा केसीले बाजी मारिन् । केसीले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु ८० हजार जितिन् । फस्ट रर्नसअप सपना गुरुङ बनिन् । उनले मेडल, ट्रफी, प्रमाणपत्र सहित ६० हजार जितिन् । सेकेन्ड रर्नसअप बनेकी याङदोङ लामालाई मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु ५० हजार हात पारिन् । यो विधामा थर्ड रर्नसअप अञ्जली थापा र फोर्थ रर्नसअप श्रुती कार्की बने । बिकिनी तर्फ ५ र फिजिक तर्फ ५ जनाबिच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगिताको मुख्य निर्णायक गोबिन्द्र चित्रकार थिए । सहायक निर्णायकको रुपमा निर्मला महर्जन, नारायण प्रधान, नानीकाजी डंगोल, शिब ध्वज राई, केशव शाक्य र उत्तम उदासले जिम्मेवारी पुरा गरे ।

बिजेता तथा उपबिजेता बनेका खेलाडीहरुलाई नेपाली काङ्गे्रस केन्द्रीय नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका केन्द्रीय सदस्य सरस्वती गुरुङ संस्थाका अध्यक्ष कुमार गुरुङ लगायतले पुरस्कार बितरण गरे ।

प्रतियोगितमा सेप अप जुम्बा फिटनेसको तर्फबाट जुम्बा नृत्य र आई.एफ.बी.बी प्रोकार्ड बिजेता विनिता राईको प्रस्तुती आर्कषणको रुपमा थिए । प्रतियोगीतालाई हरेक दूई–दूई वर्षमा सञ्चालन गरिने गोर्खाज क्लासीकका अध्यक्ष कुमार गुरुङले जनाए ।

तस्विर : आर.आर. पौडेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button