करिश्माको पढ्ने हुटहुटी झनै बढ्दै

आर.आर. पौडेल, पोखरा न्यूज – १३, असोज। नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धरले सिक्ने कुरा कहिल्यै नसकिने बताएकी छन् । पोखरा आयोजित एक कार्यक्रममा भाषण गर्दै उनले आफुलाई जहिल्यै पनि नयाँ कुरा सिक्न मन पर्ने बताइन् । ‘सिक्ने क्रम कहिल्यै सकिदैन, मलाई जे पनि सिक्न मनलाग्छ । अब पनि पढिरहन्छु’ उनले भनिन् ।

आफुले सबैललाई जानकारी दिदै पढ्नुको रहस्य समेत उनले खुलाएकि छन् । ‘म चुपचाप लागेर भित्रनै बसेर पढ्न सक्थे होला, तर मैल त्यसो गरिन’ उनले भनिन् । उनले त्यसो नगर्नुको कारण महिलालाई अध्ययन गर्न उत्पेरणा थप्न थियो । हाम्रो मुलुकमा ५१ प्रतिशत महिला जनसंख्या छ । त्यसमा पनि असाक्षरको प्रतिशत महिला नै बढी छ ।

महिला शिक्षित भयो भने परिवार पुरै सम्मालिन्छ । जस्तैः एउटा ५ जना परिवार छ भने कसले के खान्छ, कसलाई के कुरा मनपर्छ भन्ने कुरा महिलालाई थाहा हुन्छ । पुरुषलाई थाहा हुदैन । त्यसलाई सदुपयोग गरौ । जुन देशमा महिला शिक्षित हुन्छ । त्यो देश जहिल्यै पनि विकसित हुन्छ भन्ने संसार घुम्दा देखेको छु । हाम्रो नेपाल पनि २० वर्षमा सबै चिज हट्ला र सबै शिक्षित हुने अपेक्षा मेरो छ । बाचुन्जेल सिक्ने क्रम जारी राखौँ । उनको आग्रह थियो ।

जहिल्यैपनि आफ्नो क्षमतालाई दबाएर नराखी बाहिर ल्याउनुपर्नेमा उनको जोड छ । एसईई परिक्षामा बि प्लस मा उत्तिर्ण करिश्माले क्रममा कलेज भर्ना भएको बताइन् । ‘मैले त कलेज पनि जोइन गरे मर्निङमा’ उनले भनिन् । उनले कलेज भनेको माध्यमिक तह अन्तर्गतको कक्षा ११ लाई हो । अनुहारमा बुढ्यौलीपना देखिन थालेपनि उनको पढ्ने हुटहुटी भने झनै बढ्दै गएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button