मेलोडीमा लाइभ म्युजिक र स्वादिष्ट परिकार

आर.आर. पौडेल, पोखरा न्यूज – १३, असोज  ।  बिहानको ब्रेकफास्ट, दिउँसोको खाजा, साँझमा संगीतको धुन सँगै स्वादिष्ट परिकार खादैँ रम्ने अवसर मिल्छ पोखरा चिप्लेढुङ्गामा रहेको मेलोडी क्याफे एण्ड लाउञ्ज बारमा । यो लाउञ्जबार हालै नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।

क्याफेले हरेक साँझ ख्याती प्राप्त कलाकारहरुका साथ लाइभ म्युजिक गर्दै आएको छ । लाइभ म्युजिकमा गायक विनोद वानिया, इतु जोजिजु आदी कलाकारको प्रस्तुती रहन्छ ।

गजलमा रम्दै विभिन्न परिकारको स्वादमा मुड फ्रेस गर्नेहरुको रोजाइमा मेलोडी पर्ने गरेको छ । जहाँ आफ्नो अनुरोधका नेपाली तथा हिन्दि गजल सुन्दै पारिवारिक वातावरणमा रमाइलो गर्ने अवसर मिल्छ । पोखरामा गजलमा रम्नेहरुलाई लक्षित गरी सञ्चालनमा आएकोले यसप्रति ग्राहकको चासो बढी छ ।

कार्यालय तथा काममा व्यस्त रहने व्यक्तिहरुलाई मध्यनजर गरि क्याफेले मेलोडी नाइन्टी नाइन स्किम ल्याएको छ । मेलोडी नाइन्टी नाइन खाजाको प्याकेज जम्मा रुपैया ९९ मा उपलब्ध हुनेछ ।

हरेक साँझ ७ बजेबाट राती ११ बजेसम्म संगीतको धुन सुन्न यहाँ पाइन्छ । विभिन्न परिकार सहित ककटेल, मकटेलको चुस्कीले माहोल झनै रमणीय बन्छ ।

क्याफेमा पोखराका युवा व्यवसायीहरु गायक विनोद वानिया, सुरेश पहारी र एकराज गिरीको लगानी रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button