सरुभक्तको नयाँ उपन्यास प्रतिगन्ध पोखरामा विमोचन

आर.आर. पौडेल, पोखरा न्यूज – १३, असोज। साहित्यकार सरुभक्त श्रेष्ठको नयाँ उपन्यास प्रतिगन्ध आइतबार पोखरामा विमोचन गरियो । विमोचन कार्यक्रममा बोल्दै सरुभक्तले उपन्यास तयार पार्न १५ वर्ष लागेको बताए ।

उनले उपन्यास डायस्पोरा भित्रको कथा भएको र २०६१ सालमा २ महिने अमेरिका बसाईका क्रममा देखेका, अध्ययन गरेकाकुरालाई उपन्यासमा समाबेश गरेको खुलाए । उनको उपन्यासको पछिल्लो पुस्ताका उपन्यासकारहरु गणेश पौडेल, सरस्वती प्रतिक्षा र तिर्थ गुरुङले लोर्कापण गरे ।

यो सरुभक्तको सातौ उपन्यास हो । यसअघि उनका पागल बस्ती, एक अभिनवको आत्मकथा, समय त्रासदी, अँध्यारो कथा, तरुनी खेती, चुली उपन्यास प्रकाशित छन् । प्रतिगन्ध उपन्यासलाई बुकहिल प्रकाशनले छापेको हो । आफु नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदाको ४ वर्षे काठमाण्डौ बसाइँमा प्रतिगन्ध उपन्यास लेखेको उनले जनाए ।

पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा भएको लोर्कापण समारोहमा कवि तिर्थ श्रेष्ठ, आख्यानकारहरु गणेश पौडेल, सरस्वती प्रतिक्षा र तिर्थ गुरुङ, प्रकाशक बुकहिलका भुपेन्द्र खड्का, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली, उपाध्यक्ष उपेन्द्र पौडेल र सचिव अर्जुन अधिकारीले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button