दशैँमा पेट खराब भए कस्तो घरेलु उपचार गर्ने ?

पोखरा न्यूज – १३, असोज । चाडबाड नजिकिएसँगै हाम्रो खानपान पनि बदलिँदै छ । अझ सोर्ह श्राद्द भरी शाकाहारी बनेकाहरुको भान्छामा श्राद्द सकिएसँगै माछामासुको जोडदार प्रवेश हुने पक्का छ ।

यसरी परिवर्तित खानपानले हामी कतिपयको पेट खराब पनि हुनसक्छ । पेट खराब हुँदा कस्तो घरेलु उपचार गर्न सकिन्छ त रु हामीले केही घरेलु प्राथमिक उपचारका विधिहरु समावेश गरेका छौ जसले सामान्य उपचारको काम गर्न सक्छ ।

१. पर्याप्त पानी पिउने ( पर्याप्त पानी पिउनु खाना पचाउनुको अनिवार्य सर्त हो । पर्याप्त पानी पिउनाले खाना पचाउन सहयोग गर्नुका साथै शरीरमा चाहिने पोषक तत्व सोस्न पनि मद्दत पुर्याउँछ । औसत महिलाले दैनिक २.७ लिटर र पुरुषले ३.७ लिटर पानी पिउनु पर्ने बिज्ञहरुको सुझाव छ । निरन्तर बान्ता हुँदा वा पखाला लाग्दा तीव्र गतिमा डिहाइड्रेसन हुने भएकाले पर्याप्त पानी पिउन अनिवार्य हुन्छ ।

२. कागती, बेकिङ्ग सोडा र पानी ( कागती, बेकिङ्ग सोडा र पानीको मिश्रणले अपच र ग्यासबाट राहत दिन्छ । कागतीमा भएको अम्लीय गुणले फ्याट र अल्कोहोललाई टुक्रा पार्न तथा बेकिङ्ग सोडाले पेटमा भएको एसिडको असरलाई निष्क्रिय पार्न सहयोग गर्छ । मिश्रणले कलेजो र पेटको आन्द्राको कार्यक्षमता बढाउँछ ।

.  ल्वाङ ( पेट खराब हुँदा १/ २ चम्चा ल्वाङको धुलो एक चम्चा महका साथ सुत्नु अघि खाँदा राहत पुग्न सक्छ । ल्वाङले पाचन ढिलो हुँदा, क्र्याम्प र प्रेसर हटाउन तथा मतली र बान्ताबाट राहत दिलाउन मद्दत गर्छ । ल्वाङलाई चिया बनाए जस्तै तरिकाले पिउँदा पनि राहत मिल्छ ।

४.  BRAT ( बनाना अर्थात केरा, राइस अर्थात भात, एप्पल सस र टोस्टको डाइटलाई ब्राट भनिन्छ । यस डाइट बान्ता हुँदा घाँटीमा उत्पन्न हुने जलनलाई साम्य पार्न पनि निकै प्रभावकारी हुन्छ । उक्त डाइटले पखाला नियन्त्रण गर्नुका साथै शरीरबाट खर्च भएको पोषणको मात्रालाई प्रतिस्थापन गर्न पनि मद्दत गर्छ ।

स्रोत- medical daily

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button