पोखरामा चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चाइना महोत्सव हुने

पोखरा न्यूज – १३, असोज । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा पोखरामा मंगलबार राष्ट्रिय चाइना महोत्सव हुने भएको छ ।

ओभरसिस चाइना एशोसियसन पोखराको आयोजनामा पोखराको लेकसाइड स्थित अम्वोटमा उक्त  महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

महोत्सवको मंगलबार साझ ५:३० बजे चीनका विशिष्ट अतिथिहरुको उपस्थितिमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले  समुदघाटन गर्ने कार्यक्रम रहेको एशोसियसनका अध्यक्ष जिन चाङ् सङ् ले बताए । दुई देशबीचको कला संस्कृति आदानप्रदान गर्दै सुमधुर सम्बन्ध स्थापना गर्ने उद्येश्यले  स्थापना दिवसको अवसर पारेर महोत्सवमा  कला, संस्कृति झल्कने नृत्यसहितको सांस्कृतिक प्रस्तुती गर्न लागिएको उनले जनाए ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी नरेश भट्टराईले  महोत्सवले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुको साथै पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास ब्यक्त गरे ।

पोखरा पर्यटन परिषदसँगको सहकार्यमा राति अवेरसम्म चल्ने  महोत्सवमा सहभागी हुन् आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

पोखरामा बार्षिक ६० हजारको हाराहारीमा चिनिया पर्यटक भित्रिने गरेको पर्यटन व्यवसायीले बताउदै आएका छन् । पोखरामा अहिले चाइनिज लगानीका १६/१७ वटा होटल तथा रेष्टुरेन्टहरु संचालनमा रहेका  छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button