पोखरा विन्ध्यवासिनिकी विनिता बनिन् मिस क्रियटिभ नेपाल

आर.आर. पौडेल, पोखरा न्यूज- १४, असोज । दोस्रो संस्करणको मिस क्रियटिभ नेपाल २०७६ को उपाधि पोखरा विन्ध्यवासिनिकी विनिता लामिछानेले जितेकी छन् ।

पोखराको गोल्डेन हाउस पार्टी प्यालेसमा भएको फाइनल प्रतिष्पर्धामा कास्की लेखनाथकी विजेता भुजेल फस्ट रनर्सअप र पुम्दिभुम्दिकी सुस्मिता बराईली सेकेन्ड रनर्सअप बने ।

प्रतियोगीताको आयोजना क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसल गरेको हो । अडिसनबाट छानिएका २७ जना मध्ये फाइनलमा पुगेका १० जनाबिच अन्तिम प्रतिष्पर्धा भएको थियो ।

फाइनलमा पुग्नेमा निर्जला रानामगर, काजोल नेपाली, निष्ठा गुरुङ, सुदिक्षा बानिया, एलिना परियार, इशु भण्डारी र निसा थारु समेत थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button