जापान र सिङ्गापुरको पासपोर्ट विश्वकै सर्वाधिक शक्तिशाली, नेपालको पुछारबाट छैठौं

पोखरा न्यूज- १५, असोज । १ सय ९९ राष्ट्रहरुको पासपोर्ट मध्ये जापान र सिङ्गापुरको पासपोर्ट विश्वकै सर्वाधिक शक्तिशाली घोषित भएका छन् । हेन्ले एन्ड पार्टनर्स पासपोर्ट इन्डेक्सका अनुसार नेपालको पासपोर्ट भने कमजोर पासपोर्टको छैठौं स्थानमा रहेको छ ।

१ सय ९० राष्ट्रमा फ्री भिसा वा भिसा अन अराइभल सुविधा पाएपछि सिङ्गापुर र जापानका पासपोर्ट होल्डर विश्वकै सबैभन्दा यात्रा मैत्री नागरिक बनेका हुन् । त्यस्तै दोस्रो स्थानमा दक्षिण कोरिया, फिनल्यान्ड र जर्मनी छन् जसलाई १ सय ८८ देशमा विना भिसा अवतरण गर्ने सुविधा छ ।

डेनमार्क, इटाली र लक्जेम्बर्ग तेस्रो रहँदा चौथो स्थानमा फ्रान्स, स्पेन र स्विडेनका पासपोर्ट छन् । अमेरिका र बेलायतका पासपोर्ट भने छैठौं स्थानमा छन् ।

पुछारबाट छैठौं स्थान ओगटेको नेपाल ३८ देशमा फ्री भिसा वा भिसा अन अराइभल सुविधाका साथ १ सय १ औं स्थानमा छ । दक्षिण एसियामा नेपाल भन्दा पछाडी पाकिस्तान मात्र १ सय ४ औं स्थानमा छ भने अफगानिस्तान सुचीको अन्तिम स्थानमा रहेको छ ।

इन्टरनेसनल एअर ट्रान्सपोर्ट अथोरिटी “आई ए टि ए” को विवरण र १ सय ९९ पासपोर्ट र २ सय २७ गन्तव्यलाई आधार बनाएर निकालिने हेन्ले इन्डेक्सले वर्ष भरिकै यात्रा गतिविधि सँग अद्यावधिक रहँदै भिसा सम्बन्धि परिवर्तित नीतिहरुलाई पनि रियल टाइममै समेट्ने गर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button