भारतले प्रतिबन्ध लगाउँदा नेपालमा प्याजको मुल्य आकाशियो

पोखरा न्यूज- १५, असोज । २५ वर्षयता कै भीषण मनसुन वर्षाले प्याज खेतीलाई प्रभावित पारेपछि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।

निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा प्याज मुल्य आकाशिएको छ । भारत मै समेत दोब्बर भएको प्याजको मुल्य नेपाली बजारमा १ सय ९० सम्म पुगेको छ । बजारमा व्यापक अभाव भएपछि कालाबजारी भएको अनुमान गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मार्न थालेको छ ।

भारतले आफ्नो देशमा प्याजको मुल्यमा एकरुपता कायम गर्न राष्ट्रिय बफर स्टकबाट आपुर्ति गर्न थालेको छ । नेपालमा भने स्थानिय उत्पादन नगण्य मात्रामा हुने हुँदा भारतबाट हुने निर्यातमा कमी आउनासाथै मुल्यमा भारी वृद्धि हुने गर्दछ ।

२०१८ मा २.२ अर्ब किलो प्याज निर्यात गरेको भारत विश्व कै सबैभन्दा धेरै प्याज निर्यात गर्ने देशमध्येमा एक हो । आइतबार देखि जारी गरिएको प्रतिबन्ध कहिलेसम्म रहने हो भन्ने कुरा भारतको केन्द्रिय सरकार स्पष्ट पारेको छैन । यस अर्थमा नेपालको यसपालिको चाडबाडको सिजन प्याजरहित नै हुनसक्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button