पोखरा बुद्धचोकबाट १० हजार घुससहित नापी सर्भेक्षक पक्राउ

पोखरा न्यूज- १५, असोज । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ ।

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button