पोखराबाट २५ हजार भन्दा बढी यात्रु बाहिरिए

दीननाथ बराल, पोखरा न्यूज – १५, असोज। नेपालीहरुको महान पर्व दशैंको अवसरमा पोखराबाट हालसम्म करिब २५ हजार भन्दा बढी यात्रु पोखराबाट बाहिरिएका छन् ।

दशैं पर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुल्ला गरेसंगै बुधबारसम्म करिब २५ हजार भन्दा बढी पोखराबाट यात्रुहरु बाहिरिएको पृथ्बीराजमार्ग बस संचालक कम्पनि प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए ।

उनका अनुसार पोखरा-काठमाण्डौंको रुटमा खासै समस्या नभए पनि पोखराबाट पुर्व तथा पोखराबाट पश्चिमतर्फ जाने यात्रु बाहक बसमा तीन गुणासम्म बसको सङख्या थप्नु परेको छ ।

पुर्व तर्फ दैनिक ५ बस संचालन हुनेमा हाल १५ वटा गाडीसम्म चल्ने गरेको अध्यक्ष केसीले जनाए । पोखरामा रहेका करिब ५० प्रतिशत जसो पोखरा आसपासका गाउँ, छिमेकी जिल्ला हुँदै  देशका विभिन्न जिल्लासम्मका रहेकोे बताइन्छ ।

देशका धेरै ठाउँमा जनताहरु यति बेला आवत-जावत गर्ने हुँदा यातयात क्षेत्रमा सचेतना सहित पोखराका मुख्य तीन नाका पश्चिम तर्फ छोरेपाटन, पुर्व तर्फ पृथ्बीचोक र उत्तर पश्चिमको बागलुङ बसपार्कमा यात्रु सहायता कक्षा स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले बताए ।

यात्रु बाहक बसहरुमा यात्रुको सुरक्षाका केही जानकारी गराउदै चालकले मापसे गरे नगरेको समेत निगरानी गरिएको उनले बताए । यदि कसैले सरकारले तोकेको भन्दा बढी भाडा लिएमा यात्रुलाई अभद्र व्यवहार गरेमा नजिकको प्रहरी कार्यालय वा एक सय मा तत्काल फोन गर्न समेत एसपी.कार्कीले आग्रह गरेका छन्।

दशैं पर्वको अवसरमा कास्कीमा सवारी दुर्घटना हुन नदिन आफुहरुको तर्फबाट चेकिङ, सचेतना, यात्रु सहायताककक्ष सहितको व्यवस्था गरिएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button