अभिनेता दयाहाङ राई भन्छन ‘पहिला स्टेज चिने अनि मात्र क्यामरा’

आर.आर. पौडेल, पोखरा न्यूज- १६, असोज । नेपाली चलचित्रका अभिनेता दयाहाङ राईले पहिला स्टेज चिने अनि मात्र क्यामरा फेस गरेका हुन् ।

‘तीन महिनाको फरक थियो, मैले क्यामरा र स्टेज चिनेको, पहिला स्टेज चिने, त्यसको तीन महिना नपुग्दै क्यामरा चिने ।’ दयाहाङले भने । अभिनय सिकेर नाटक गरेर यात्रा अगाडी बढाएका उनले त्यसपछाडि नाटक, सिनेमामा अभिनय बाहेक अरु केहि काम गरेको छैन ।

२०६० सालमा उनको नाट्य क्षेत्रबाट दर्शकमाझ देखिएका थिए । । त्यो समय उनीसँग धेरै जिज्ञाशा थियो, अभिनेता के हो भनेर । अनि अभिनय सिक्न गए । अभिनय सिकेपछि अभिनय गर्न थाले । गर्दै जाँदा आफु को हुँ भनेर चिन्न धेरै समय लागेको उनले बताउँछन् । ‘म अभिनेता त हो, तर कस्तो किसिमको अभिनेता ? मैले गरेको अभिनय ठिक भइरहेको छ छैन ? अथवा मैले भन्न खोजेको कुरा अभिव्यक्त गर्न सकेको छ कि छैन ? यस्ता प्रश्नहरु म सँग थिए’ उनले भने ।

कामहरु त उनले गर्दै गए, तर अभिनेता भएर चिनिन सहज बनेन । समय लाग्यो । धेरै समय लाग्यो । ६, ७ वर्षपछि ‘लुट’ रिलिज भयो, अनि उनी पक्का अभिनेता भए । हुनत उनले त्यस अगाडी नै ‘दासढुङ्गा’ गरिसकेको थिए, म आफुलाई के कन्फिडेन्ट भने ‘दासढुङ्गा’ गरिसकेपछि म चाहि अभिनेता भए, तर ‘मास’ ले विश्वास गर्न ‘लुट’ रिलिज हुनै पर्यो ।

हालसम्म ३५ जती नेपाली चलचित्रममा अभिनय गरिसके उनले २५ जती नाटकमा समेत काम गरिसकेका छन् । उनले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अहिले नयाँ रेर्कड राख्न पनि सफल भएको छ ।

आफुले गरेको काम प्रति टिकाटिप्पणी गरिदिन उनले दर्शक समक्ष आग्रह गर्छन् । ‘कोहि–कोहि बेला मानिस गलत बाटोमा हिड्छन्, त्यतातिर हिडेको छुँ भने मलाई सम्झाइदिनुहोला’ उनले अनुरोध गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button