दशैँको किनमेलले पोखराको बजारमा चाप

दीननाथ बराल, पोखरा न्यूज- १६, असोज । वडा दशैंको अवसरमा पोखराको मुख्य बजार क्षेत्रमा यतिवेला किनमेल गर्नेहरुको चाप बढेको छ । पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्बीचोक, पालिखेचोक, सिद्धार्थचोक, सभागृहचोक लगायतका क्षेत्रमा किनमेल गर्नेको अत्याधिक भिडभाडले गर्दा यति बेला मानिसहरुको चाप बढेको हो ।

त्यसैगरी विभिन्न सपिङ कम्प्लेक्स तथा मिनी मार्केटहरुमा दशै पर्वको अवसरमा हाल निकै चहल पहल देखिएको छ। विभिन्न पेशा तथा व्यवसाय गरेका व्यक्तिहरु पोखरा आएसंगै केही व्यक्तिहरु आफ्नो जन्मथलो जान थालेसंगै उनीहरुले बजारबाट दशैं पर्वलाई आवश्यक पर्ने खाधान्न , लत्ता कपडा सहितका अन्य उपभोग्य वस्तुहरु खरिद गर्दा बजारमा घटस्थापना देखि निकै भिडभाड भएको पाइन्छ ।

मुख्य शहर बजार भन्दा बाहिरका विभिन्न गाउँ ठाउँका सर्वसाधारणहरु यति बेला किनमेलमा व्यस्त हुदा मुख्य बजार क्षेत्रमा दशैंका बेला बढी चाप भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । दशैं पर्वलाई लक्षित हुने गरी विभिन्न व्यपारि तथा व्यवसायीहरुले यस अवसरमा आम उपभोत्ताहरुलाई अकर्षण गर्न बिषेश छुट तथा उपहार योजना ल्याएका छन्।

दशैं पर्वमा प्राय खाधान्न र लत्ताकपडा र मनाङ मुस्ताङबाट आएका भेडा च्याङग्रा सहित मासु खाने प्रचलनले गर्दा दशैंको अवसरमा अर्थतन्त्रलाई समेत धेरै चलायमान पार्ने भएको अध्यक्ष अधिकारीले बताए । विभिन्न पेशा व्यवसायको लागि बजार झरेकाहरु आफ्नो जन्मथलो जाने आफन्तहरुसंग भेटघाट र मिठो मसिनो खाने प्रचल रहेकाले गर्दा पनि दशैंको मुखमा बजारमा अझै केही दिन चाप हुने उनले जनाए ।

उनले भने “पहिला पैसा बोकेर बजार आउने आवश्यक पर्ने सरसामान करिब एक महिनालाई नै पुग्ने गरी किलमेल गरेर दशैं मनाउने परिपाटी थियोे, पछिल्लो बर्षमा अनलाइनबाट व्यक्तिलाई आवश्यक परेको बेला घरमै उति खेरनै प्रयोग गर्ने परिपाटीको विकास हुदै आएको छ, हिजो दशैंमा नयाँ कपडा र मिठो खाने एक प्रकारको प्रचलन रहि आएको थियो भने अहिले त्यो प्रचलन विस्तारै पविर्तन हुदै आएको छ । ”

दशैं पर्व लक्षित गरी कास्की प्रहरीले शान्ति सुरक्षा र समाजमा हुन सक्ने चोरी डकैतिका घटनालाई न्यूनिकरण गर्न बिषेश टोली खटाएको छ । कास्की प्रहरीले बजारका संवेधनशिल तथा आर्थिक क्रियाकलाप हुने स्थल, बैंक, वित्तीय  क्षेत्र, सुनचाँदी पसल, सपिङ कम्प्लेक्स, आवास क्षेत्र लगायका ठाउँमा हिड्न क्यामरा सहितको सादा पोसाकमा सुरक्षाकर्मीहरु खटाएको कास्कीका प्रहरी प्रमुख एसपीदान बहादुर कार्कीले बताए । उनले भने “ दशैं पर्वको अवसरमा हिजो/आज बजारमा चहल पहल बढेसंगै हामीले आज जनतालाई शान्ति सुरक्षा र चोरी डकैतिका घटनालाई न्यूनिकरण गर्न पनि बिषेश टोलीको व्यबस्था गरेका हौं । ”

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहले दशैं पर्वको अवसरमा पोखराको पर्यटकीय क्षेत्र लेकसाइड लगायतको ठाउँमा शान्ति सुरक्षामा कुनै कमि नहुने गरी प्रहरी खटाईएको जनाए । उनले भने “ दशैंको नाममा कसैले सडकमा मादक पदार्थ सेवन गर्दै हिड्छ भने सडकमा अनावश्यक हो-हल्ला गर्छन भने हामीले उनीहरुलाई कारवाही गछौं, हाम्रो कानुन अनुसार सबैले पर्वको मर्म र धर्म अनुसार मान्नु पर्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button