पोखरामा दैनिक एक हजार भन्दा बढीले नयाँ नोट साट्छन

दीननाथ बराल, पोखरा न्यूज- १६, असोज । नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा पोखरामा हिजो/आज दैनिक जसो एक हजार भन्दा बढीले घण्टौंसम्म लाइन बसेर नयाँ नोट सटही गर्ने गरेका छन्। नेपाल राष्ट्र बैंक पोखरा शाखाले गत शुक्रबार देखि नयाँ नोट साट्न शुरु गरेसंगै दैनिक रुपमा करिब १ हजार ५० जना भन्दा बढी आम सर्वसाधारणले घण्टौंसम्म लाइन बसेर नयाँ नोट सटही गर्न आउने गरेको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका सूचना अधिकारी रामकुमार कार्कीले बताए ।

आज पनि बिहानैदेखि आम सर्वसाधारण जनताको नयाँ नोट लिनको लागि राष्ट्र बैंक अगाडी भिड लागेको छ । राष्ट्र बैंक पोखराले लाइनमा बसेका सर्वसाधारणलाई जनहि १८ हजार ५ सयको साना नोट ५, १०, २०, ५० र १०० को सटही गर्दै आएको छ । गत बर्ष २७ हजार ५ सय रुपैया जनहि सटही गर्ने गरे पनि यस बर्ष कम रकम भएकाले केही रकम सटही गर्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

दैनिक जसो ५ करोड ५० लाख भन्दा बढी नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । मंगलबार १ हजार १ सय २७ जनालाई ५ करोड ६६ लाख र बुधबार पनि करिब १ हजार १ सय जनालाई ५ करोड ५० लाख भन्दा बढी नयाँ नोट साटिएको छ । बैंक तथा वित्तीय संस्था एवं आम सर्वसाधारणलाई राष्ट्र बैंकले हाल सम्म नयाँ तथा सुकिला नोट गरी करिब ७० करोड सटही गरि सकेको सुचना अधिकारी कार्कीले बताए ।

राष्ट्र बैंकले कास्की सहित ८ जिल्लाका नोट कोषबाट समेत नयाँ तथा सुकीला नोट सटही गर्दैछ । पोखराबाट मात्रै करिब एक अर्ब २५ करोड नयाँ तथा सुकिला नोट सटही गर्ने योजना रहेको उनले बताए ।

आगामी शुक्रबार असोज १७ गते (षष्ठी) सम्म नयाँ नोट सटही हुने भएको सुचना अधिकारी कार्कीले जनाए । उनका अनुसार विहान १० बजे देखि वेलुका ४ बजेसम्म सटही हुन्छ भने शुक्रबारको हकमा विहान १० देखि दिउँसो १२ः३० बजेसम्म सटही हुन्छ । आम जनतालाई समेत वितरण गर्न दिएको उक्त नयाँ नोट अधिकाशं बैंकहरुले राष्ट्र बैंक जसरी वितरण नगर्दा जनताहरु घण्टौं लाइनमा कुरेर राष्ट्र बैैंक पोखराबाट नयाँ नोट सटही गर्न बाध्य भएका हुन्।

सफा नोट नीतिमा बैंंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने व्यबस्था गरिएको छ । यदि कसैले बैंंक नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा बैंक नोटमा लेख्ने गरेमा तीन बर्ष कैद र ३० हजार जरिवाना हुने कानुनि व्यबस्था रहेको छ । राष्ट्र बैंकले सकभर नयाँ नोट प्रयोगलाई निरुत्साहित गर्दै आउने क्रममा यस बर्ष केही कम रकम सटही गर्ने योजनामा रहेको निर्देशक डा. डिल्लीराम पोख्रेलको भनाई छ । नयाँ नोट उत्पादन गर्न सरकारलाई आर्थिक भार पर्ने भएकोले यसलाई विस्तारै कम गर्दै लैजाने राष्ट्र बैंकले योजना बनाएको उनले जनाए ।

यो पनि पढ्नुहोस :-

पोखरामा नयाँ नोट साट्नेको भिड, ५४ करोडको नयाँ नोट साटियो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button