दशैंमा पोखराको व्यापार व्यवसायमा २० गुणासम्म वृद्धि

दीननाथ बराल, पोखरा न्यूज- १६, असोज । नेपालीहरुको महान पर्व दशैंले अधिकांश नेपालीको घर आगनमा हर्ष र उल्लास ल्याएसँगै हामी नेपालीले दशैंमा प्रयोग गरिने अधिकांश सामानहरु विदेशी हुने गरेका छन्। खाद्य, लक्ता कपडा देखि सजिसजावट तथा स्वागत सत्कार देखि दैनिक उपभोग्य बस्तुमा नेपाल भारत र चीनमा निर्भर हुनु परेको व्यवसायीहरु बताउछन्।

बडा दशैंको अवसरमा नेपालीले प्रयोग गर्ने करिब ८० प्रतिशत भन्दा बढी सामानहरु विदेशी आयातित हुने गरेको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । स्वदेशमा उत्पादन नभए पछि नेपालमा हाल अधिकांश सर सामानहरु विदेशबाट आयातित हुने उनले जनाए । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोईरालाले दशैंको अवसरमा व्यावसायीहरुले २० गुणा भन्दा बढी व्यवसाय समेत गर्न सक्षम हुुने गरेको बताए ।

दशैंको अवसरमा खाद्य तथा लक्ता कपडाको साथमा पिय पदार्थ समेत ठुलो मात्रमा खपत हुने गरेको उनले जनाए । पछिल्ला बर्षमा दशैं पर्वको अवसरमा टिका जमरा नलगाउने करिब २० प्रतिशत जसो विभिन्न गन्तव्यमा भ्रमर्णमा निस्कने गरेको अध्यक्ष कोइरालाले जनाए । उनले भने “दशैं हाम्रो संस्कृति हो, यसलाई विकृति तर्फ लैजान दिन हुदैन, मन नमिल्ने आफ्नो घर परिवार दे्खि समाजका व्यक्तिहरुमा पनि यो पर्व मिलन गराउने पर्वको रुपमा हामीले लिएका छौं, विदेश गएका छोराछोरी पनि प्रायः दशैंमा घर फर्किने गरेकाछन्।

दशैंको अवसरमा अटो व्यवसायीहरुले समेत राम्रो व्यावसाय गर्ने मौसम भएको संघका अध्यक्ष एमं मोडन इरा टुर्स एण्ड ट्राभल्सका संचालक समेत रहेका दामु अधिकारीले बताए । उनका अनुसार दशैंमा प्रायः शहर बजार भन्दा अन्य क्षेत्रका व्यक्तिहरु किनमेलमा व्यस्त हुने र गाउँ जाने अधिकांशले करिब एक महिनालाई पुग्ने दैनिक उपभोग्य बस्तु समेत लैजाने गरेकाछन्। दशैं पर्वमा प्रयोग गरिने करिब ८० प्रतिशत जसो आयातित सामानहरु प्रयोग हुने हुदा यसबाट देशमा अर्थतन्त्र चलायमान भए पनि अबौं रुपमा बाहिरिने गरेको अध्यक्ष अधिकारीले जनाए ।

सिमित बजारमा कारोवार हुने गरेको भए पनि हाल बजार फराकिलो भएसंगै पहिलाको दाजोमै हाल दशैंको अवसरमा कारोवार हुने गरेको उनले जनाए । स्वागत सत्कारमा चाहिने बस्तु र लक्ता कपडा एवं खाद्य बस्तु खरिदमा सर्वसाधरणले दशैंको अवसरमा ऋणै काटेर पनि यो पर्व हर्स र उल्लाहासको रुपमा मनाउदै आएको अध्यक्ष अधिकारीले जनाए ।

त्यसै गरी पोखरामा दशैं पर्वको अवसरमा लक्ता कपडामा करोडौंको कारोवार हुने गरेको कपडा व्यवसायी एशोसियसन कास्कीका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सिनाले बताए । बजारमा जथभावी रुपमा सडक छेउ तथा फुटपाथमा गनिरे व्यापारले गर्दा हाल आफुहरुको व्यपारमा धेरै गिरावट आएको अध्यक्ष तिमिल्सिनाले जनाए । एशोसियसनमा आवद्ध करिब २ सय ४० व्यवसायीहरु भए पनि उत्तिकै सङख्यामा एशोसियसनमा आवद्ध नभएका व्यवसायीहरु भएको उनले जनाए ।

उनले भने “ अहिले फुटपाथ बजारमा सिरक डसना देखि धेरै समान पाइने हुदा हाम्रो व्यवसायीमा धेरै गिरावट आएको छ, लिएर हिड्न मिल्ने हो भने अब कार्पेट समेत साइकल र ठेला हुदै फुटपाथमा पाउन सकिन्छ । ” गाडीका गाडी मै सेल सेल गर्दै हिड्नेहरुले गर्दा पनि आफुहरुको व्यापारमा कमी आएको उनले जनाए । पोखरा क्षेत्रमा प्रयोग हुने अधिकांश करिब ९० प्रतिशतजसो आयातित लक्ता कपडा भएको अध्यक्ष तिमिल्सिनाले दाबी गरे ।

उनका अनुसार भारत र चाइनाबाट ४०-४० प्रतिशत जसो लत्ता कपडा आउने गर्दछ, बाँकी १० प्रतिशत अन्य देश र १० प्रतिशत जसो स्वदेशी उत्पादन कपडाले बजार धानेको छ । नेपाली उत्पादन सुतीको कपडा हिजोआज सस्तोमा खोज्दा व्यपारीले बिक्रि गर्न नसक्दा आम उपभोक्ताले त्यसको साटो अन्य कपडा प्रयोग गर्न थालेको अध्यक्ष तिमिल्सिनाले जनाए । पछिल्लो समयमा रेडिमेड सामानहरुले नेपाली बजार कब्जा गर्न थालेको उनले दाबी गरे । बजारमा किनमेलमा समेत नयाँ पुस्ता अघि सरेकोेले बजार आधुनिक तर्फ धकेलिएको उनको बुझाई छ ।

दशैं पर्व लक्षित गरी कास्की प्रहरीले शान्ति सुरक्षा र समाजमा हुन सक्ने चोरी डकैतिका घटनालाई न्यूनिकरण गर्न बिषेश टोली खटाएको कास्कीका प्रहरी प्रमुख एस.पी. दान बहादुर कार्कीले बताए । पर्यटकीय क्षेत्र लेकसाईड लगायतको ठाउँमा दशैंको अवसरमा शन्ति सुरक्षाको पूर्ण ग्यारेन्टि गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डि.एस.पी. कोमल शाहले बताए ।

पर्यटनको राजधानीको रुपमा समेत परिचित पोखरामा दशैं पर्वको अवसरमा हिमालपारीको जिल्ला मनाङ, मुस्ताङ देखि भेडा च्याङग्राको समेत बिक्रि वितरण गर्न सुरु भएको छ । पोखरामा एक अर्ब भन्दा बढीको लत्ता कपडा र एक अर्ब बराबरको खाद्य सामाग्रि, करिब डेढ अर्ब भन्दा बढीको मासुकोे कारोवार हुने व्यवसायीहरुको ठम्याइ छ । दशैं पर्वको अवसरमा पोखरामा खाद्य सामाग्रि देखि लत्ता कपडा हुदै दैनिक उपभोग्य बस्तुको अबौंको कारोवार हुने गरेको छ । गण्डकी प्रदेशको राजधानीको रुपमा रहेको पोखरामा दशैं पर्वको अवसरमा अबौंको कारोवार हुने गरेको व्यवसायीहरु बताउछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button