शनिबार भिटेन र प्रकाश सपुतले लेखनाथ घन्काउदै

आर.आर. पौडेल, पोखरा न्यूज- १७, असोज । भोलि असोज १८ गते शनिबार र्यापर समिर घिसिङ भिटेनको प्रस्तुती कास्की लेखनाथको भण्डारढीकमा हुँदैछ । कार्यक्रममा भिटेनले आफ्ना चर्चित र्याप गीत सुनाउदै माहोल तताउँनेछन् ।

दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रमको अर्को आकर्षण रुपमा गायक प्रकाश सपुतको प्रस्तुती रहनेछ । साथै आर के स्क्वायर व्याण्डले दर्शकलाई झुमाउनेछ । विक्रम बराल, चोलेन्द्र पौडेल, सन्तोष बस्याल, बबी सुनारको गायन प्रस्तुती संगै स्थानीय कलाकारको नृत्य समेत त्यहाँ हेर्न पाइनेछ । नेपालीहरुको महान् पर्व दशै तथा तिहारको अवसरमा सुर ताल म्युजिकल टुर २०७६ अन्तर्गत उक्त कार्यक्रम भइरहेको हो । कार्यक्रम हेर्न ३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काट्नु पर्नेछ ।

असोज ३ गते पोखराबाट सुरु भएको म्युजिकल टुर कार्तिक २ गते मकवानपुरको हेटौडामा पुगेर सकिने सुरताल इभेन्ट मेनेजमेन्ट प्रालिका प्रशान्त सुनारले जनाए । टुर अन्तर्गत ९ ठाउँमा कार्यक्रम गरिने उनले जनाए । कार्यक्रम लिएर विभिन्न ठाउँमा पुग्दा पाएको दर्शक सर्पोटले उत्साहित बनेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button