पोखराका होटलमा अकुपेन्सी ४० प्रतिशत मात्रै

दीननाथ बराल, पोखरा न्यूज- १७, असोज । पोखरामा हाल होटलहरुको अकुपेन्सी ४० प्रतिशत मात्रै रहेको छ । नेपालीहरुको महान पर्व विजया दशमी तथा चाडबाडको सिजनमा पनि हालसम्म पोखरा क्षेत्रका पर्यटकीय स्तरिय होटलहरुको अकुपेन्सी ४० प्रतिशत मात्रै रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

भोलि (शनिबार) फुलपातीको दिन देखि दशैं टिकाको अघिल्लो दिन नवमीसम्म होटलमा केही अग्रिम बुकिङ भएको र केही पर्यटकहरु पोखरामा घुमघाममा आउने भएकोले दशैंको अवसरमा २-३ दिन ८० प्रतिशत होटलको अकुपेन्सी हुने आफुहरुले अपेक्षा गरेको उनले जनाए ।

दशैं पर्वसंगै पर्यटक आगमनको मौसम अक्टुबर सुरु भएकाले आफुहरु धेरै आशा वादी भएको अध्यक्ष तुलाचनले बताए । उनले भने “आन्तरिक पर्यटकले कम्तिमा २ देखि ३ दिन हामीलाई धेरै राहत हुन्छ, त्यसपछि विस्तारै विदेशी पाहुनाहरु आउन थाल्छन् ।” विभिन्न होटलहरुमा वडा दशैंको अवसरमा ५ देखि २० प्रतिशतसम्म होटलको रुममा छुट दिन लागेको उनले जनाए । उनले भने “पोखरा देखि काठमाण्डौं जोड्ने सडक पृथ्बीराजमार्ग राम्रो नभएकोले गर्दा आन्तरिक पर्यटक बृद्धिमा धेरै गिरावट आएको छ ।”

गण्डकी प्रदेश सरकारले हाल मनाइरहेको आन्तरिक भ्रमण बर्ष उपलक्ष्यमा जारी गरेको ग्लोरियस गण्डकी कार्ड ल्याएको खण्डमा आफुहरुले १५ प्रतिशत होटलमा छुटको ब्याबस्था गरेको अध्यक्ष तुलाचनले जनाए । उनले भने “पोखरामा धेरै होटल तथा रेष्टुरेण्टहरु थपिए पनि आगन्तुक पाहुना भने सिमित जस्तो छ, पोखरामा धेरै पर्यटक आउन पोखरामा अन्तराष्ट्रिय हवाई उडान हुनै पर्छ । ”

पोखरा लेकसाईडका पव डान्सिङ वोटका संचालक विश्वराज पौडेलले पछिल्लो बर्षमा दशैंमा धेरै व्यक्तिहरु घुमघाममा समेत निस्कने प्रचलनले पोखरा, चितवन र लुम्बिनीका पर्यटन व्यवसायीहरु दशैं पर्वमा पाहुनाको स्वागतमै व्यस्त हुनुपर्ने बताए । केही व्यत्तिहरु दशैंको लामो बिदालाई विदेश भ्रमणसम्मको यात्रा तय गर्ने गरेको उनले जनाए । आगन्तुक पाहुनालाई भेडा च्याङग्राको समेत परिकार आफुहरुले उपलब्ध गराउने भएको उनले जनाए ।

पर्यटन व्यवसायी पौडेलले हिन्दुहरुको महान पर्व दशैं मौलिकताको आधारमा मनाउने प्रचलन रहि आए पनि पछिल्लो समयमा यसको मौलिकता हराउदै गएकोमा चिन्क्ता व्यक्त गरे । गाउँ घरमा हुने रोटेपिङ, लिङगेपिङ जस्ता कुराले दशैंको थप रौनक हुने गरेको भए पनि पछिल्ला बर्षमा यस्ता कुरा देख्न मुस्किल पर्न थालेको उनले बताए ।

८-१० बर्ष अघि मनाईने दशैंको जस्तो उत्साह र उमङग हालका बर्षमा विस्तारै हराउदै गएको आफुहरुलाई भान भएको बताउदै पौडेलले नेपाली संस्कृतिका चार्ड पर्वमा आगन्तुक पाहुनालाई समेत सहभागी गराउन सके मौलिक परम्पराको सम्बर्द्धन तथा सांस्कृतिक पर्यटनको समेत प्रवर्धन हुने जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button