अतिथि सत्कारमा एकैसाथ फूलमाला, खादा र अबिर प्रयोग नगर्ने गण्डकी प्रदेश सरकारको निर्णय

दीननाथ बराल, पोखरा न्यूज- १७, असोज । सार्वजनिक सभा समारोहमा प्रमुख अतिथि सहितका अतिथिलाई एकै साथ गरिने फूलमाला, खादा र अबिर मध्य कुनै एक मात्र प्रयोग गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ ।

बिहिबार पोखरामा बसेको मन्त्री परिषद बैठकको निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवत्ता रामशरण बस्नेतले सरकारले सकभर सार्वजनिक सभा समारोहमा प्रमुख अतिथि सहितका अतिथिलाई एकै साथ गरिने फूलमाला, खादा र अबिर मध्य सकभर कुनै प्रयोग नगर्ने अन्यथा प्रयोग गरिहालेमा कुनै एक मात्र प्रयोग गर्ने निर्णय गरेको जनाएका हुन्।

सार्वजनिक सभा समारोह गर्दा तीन दिन अघि नै बिषय बस्तुको बारेमा पुर्व जानकारी गराउने, समारोह सकभर अत्यन्तै छोटो गर्ने, २० मिनेट भित्र आसन ग्रहण गर्ने, प्रदेशले ३ जना भन्दा बढी वक्ता नै नराख्ने, एक घण्टा देखि डेढ घण्टा भित्र कार्यक्रम सक्ने निर्णय गरेको छ ।

सार्वजनिक निकायको औपचारिक कार्यक्रम वा बैठक समारोह संचालन ऐन निर्देशिका सरकारले स्विकृत गरेसँगै उक्त कुराहरु उल्लेख गरिएको सरकारका प्रवक्ता बस्नेतले जनाए । सार्वजनिक सभा समारोह गर्दा प्रदेश सरकारले ल्याएको नियम अनुसार अन्य संघ संस्थाले पनि यसलाई अबलम्बन गर्न आग्रह गरेको छ ।

बैठकमा कास्की जिल्ला अदालत वार एशोसियसनको भवन निर्माणको लागि ३० लाख, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशलाई १५ लाख, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङलाई १५ लाख र नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई १० लाख दिने निर्णय समेत भएको सरकारका प्रवक्ता बस्नेतले जनाए । उक्त रकम दिने आश्वासन सरकारले केही समय अघि दिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button