कल अफ ड्युटी : मोबाइल गेम ४ दिनमै भयो २ करोड डाउनलोड

 पोखरा न्यूज- १७, असोज । अक्टोबर १ तारिखमा रिलिज भएको कल अफ ड्युटी : मोबाइल गेम ४ दिनमै २ करोड भन्दा बढी पटक डाउनलोड भएको छ ।

एक्टिभिजन कम्पनीले रिलिज गरेको फर्स्ट पर्सन सुटिङ मोबाइल गेम मुख्य रुपमा भारतीय गेमरको रोजाइमा परेको छ । कुल इन्स्टल मध्ये १४ प्रतिशन भारतमा भएको छ भने कुल इन्स्टलको ९ प्रतिशत हिस्सा अमेरिकाको रहेको छ । खेलले ४ दिनमै २० लाख डलरको कारोबार पनि गरिसकेको छ ।

खेलको निर्माण भने पब्जी बनाउने चाइनिज कम्पनी टेनसेन्टले नै गरेको हो । सिम्पल मोड, एड्भान्स र ब्याटल रोयल तीन फरक मोडमा खेल्न सकिने कल अफ ड्युटी खेल पहिले नै भिडियो गेम र कम्प्युटरहरुमा निकै रुचाइएको खेल हो । कुनै पैसा नतिरी एपस्टोर र प्लेस्टोर बाट सजिलै डाउनलोड गर्न सकिने भएकाले यस खेलको मोबाइल भर्सन अझ लोकप्रिय हुने विश्वास गरिएको छ ।

गेम खेल्न कम्तिमा २ जिबि र्याम र एन्ड्रोइड ५.१ भन्दा माथिको अपरेटिङ सिस्टम चाहिनेछ । त्यस्तै एप्पल डिभाइसको हकमा आई ओ एस ९ भन्दा माथिको भर्सनमा गेम खेल्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button