पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा २ को मृत्यु

पोखरा न्यूज – १८, असोज । पोखरामा शनिवार बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

पोखरा -२६ सुन्दरी बजारमा विजयपुर तर्फ आउदै गरेको ग २ च ९९५० नम्बरको बोलेरो जिपले विपरित दिशा तर्फ जाँदै गरेको  ग १५ प ४३८० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवाररत दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ५ बजे  भएको दुर्घटनामा घाइते भएका पोखरा -३० शिशुवाका  स्कुटर चालक २५ बर्षीय  हिमाल गुरूङ र पछाडी सवार २३ बर्षीय रक्ष गुरुङलाई उपचारको  लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ) मा लगिएकोमा अस्पतालले दुवै जनालाई ५ :४० मा मृत घोषणा गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले  जानकारी दिएको छ ।

प्रहरीले जिप र जिप चालक भरतपोखरीका ३o बर्षीय दिपक नेपालीलाई  नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button