पोखरामा दार्चुलाको जिउँदो भेडा जोखेर बिक्री, दुई दिनमै सबै भेडा बिके

दीननाथ बराल, पोखरा न्यूज- १८, असोज । पोखराको पुरानो टुडिखेलमा सम्भवत पहिलो पटक जोखेर भेडा बिक्री गरेका एक व्यवसायी डिल्लीराज कडेंल यति वेला निकै खुसि भएका छन्। अघिल्ला बर्षमा भेडा बिक्रि गर्न धेरै दिन लागेपछि दशैं पर्व पोखरामै मनाउदै आएका कैलालीका कडेंलले यसपालि भने दुई दिनमै सबै भेडा बिक्रि भएपछि दशैं आफ्नै घरमा मनाउन पाउने भएका छन्।

पोखराको पुरानो टुडिखेलको एउटा खोरमा भेडा बिक्रि गर्न बसेका कडेंलले खोरको मुखमा तौल काँटा राखेर भेडा बिक्रि गर्न थाले पछि आम उपभोक्ताहरुले पनि खुसी हुदै भेडा किनेका हुन्। उनले जिउँदो  ठुला भेडालाई प्रति केजी साँडे ६ सयमा र साना पाठा/पाठीलाई ५ सय ५० रुपैया प्रतिकेजीमा बिक्रि गरेका हुन्।

अघिल्लो बर्ष हचुवाको भरमा बिक्रि गर्दा आफुलाई धेरै दिन लगाएर बिक्रि गर्नु परेकोले यस बर्ष भेडा जोखेर बिक्रि गरेको कडेंलले बताए । उनले भने “ जोखेर बिक्रि गर्दा कसैलाई मर्का पर्दैन, धेरैसंग बिक्रिको लागि बार्गेनीङ पनि गर्न परेन ।”  बिक्री गर्न सहजै भएपनि ठाउँ ठाउँमा कर लिने परिपाटीले आफुलाई निकै दुख लागेको उनको गुनासो छ ।

दार्चुला देखि पोखरा, काठमाण्डौं लगायतको ठाउँको लागि २ सय ६० वटा भेडा यस बर्ष ल्याएका उनले प्रहरीको हरेक चेक पोष्टमा ५ सय देखि एक हजार रुपैया बाटो खर्च भन्दै तिर्दै आएको बताए । उनले भने“ हामी निकै पिडित छौं, ठाउँ ठाउँमा कर तिर्नुपर्छ, दार्चुला देखि पोखरासम्म ल्याउदा करिब ३ लाख ५० हजार रुपैया खर्च भएको छ ।” काम गरेर खान पनि निकै मुस्किल परेको उनले गुनासो गरे । आम उपभोक्ताहरुले सहुलियतमा भेडा च्याङग्रा उपलब्ध गराउनको लागि ठाउँ ठाउँमा लिने गरेको कर छुट गर्न उनीहरु जस्ता व्यवसायीहरुले माग गरेका छन्।

अधिकाशंं भेडा च्याङग्रा व्यवसायीहरुले हचुवाका भरमा आम उपभोक्ताहरुलाई बिक्रि वितरण गर्दै आए पछि उनीहरुको भेडा च्याङग्रा हालसम्म आधा जसो मात्र बिक्रि भएको छ । पोखरामा यसपालि करिब २० हजार जति भेडा च्याङग्रा आएको व्यवसायीहरु बताउछन् । प्रति च्याङग्रा २५ हजार देखि ३० हजारसम्म बिक्रि हुदै आएको छ ।

राष्ट्रिय माविको परिसरमा संचालन भएको हाट बजार कै रुपको उक्त बजारमा प्रति भेडा च्याङगाको खोरलाई बिद्यालयले १५ हजार भाडा लिने गरेको बिद्यालयका प्रध्यानाध्यापक वेद प्रसाद वस्तीले बताए । उक्त खोर बनाउदा मात्र ५ हजार ५ सय रुपैया खर्च भएको उनले जनाए ।

हालसम्म करिब ५ वटा खोर मात्र बुकिङ सहित संंचालन भएको र बाँकी १० वटा खोर खाली भएको प्रध्यानाध्यापक वस्तीले बताए । उक्त खोर महङगो भएको भन्दै धेरै व्यवसयाीहरु यसपाली टुडिखेलमा भेडा च्याङग्रा बिक्रिको लागि नआउदा अधिकाशं भेडा च्याङगाका खोर खाली त केहीमा अन्य लत्ता कपडाको स्टल राखिएको छ ।

दशैंको अवसरमा टुडिखेलमा फुलपातीबाट सुरु भएको हाट बजारमा प्रति स्टल फेन्सि दोकानलाई ७ हजार ५ सय, अन्य व्यवसायीको लागि ५ हजार, २ हजार ५ सय १ हजार ५ सय सम्म लिने गरेको बिद्यालयले जनाएको छ । हस्तकलाका सामाग्रिहरु बिक्रि वितरण गर्ने स्वरोजगार कृषकको हकमा न्युनतम एक सयसम्म लिने गरेको प्रध्यानाध्यापक वस्तीले बताए । उनका अनुसार हाल उक्त क्षेत्रमा साना ठुला गरी करिब ३ सय वटा स्टलहरु रहेकाछन्।

उक्त स्टलबाट संकलन भएको रकम बिद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने योजना रहेको उनले जनाए । पोखरा महानगरपालिकाकाले यस बर्ष भेडा च्याङग्रामा कुनै पनि कर नलिने निर्णय गरेको महानगरका सुचना अधिकारी गंगालाल सुवेदीले बताए । महानगरले भेडा च्याङग्राको कर उठाउदा एक सिजनमा करिब ७/८ लाख संकलन गर्ने गर्ने गरेको थियो । हाल टुडिखेलमा नल्याएका भेडा च्याङग्रा याम्दी, हेम्जा, हुदै साविक लेखनाथ हुदै पोखराका विभिन्न ठाउँबाट समेत बिक्रि बितरण गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button