दीननाथ बराल, पोखरा न्यूज- १८, असोज । पोखराको एक विद्यालय परिसर भित्रै जुवातास प्रकृतिका विभिन्न खेलहरु संचालन भएका छन्। पोखराको राष्ट्रिय मावि परिसरको पुरानो टुडिखेलमा हाल फुलपाती मेला (हार्ट बजार) मा जुवा प्रकृतिका विभिन्न खेलहरु समेत संचालन भएका छन्।
पोखराको पुरानो टुडिखेलमा जारी विभिन्न पिङहरुसंगै जोडिएको स्थानमा उत्तरतर्फ तीन /चार वटा विभिन्न जुवा प्रकृतिका खेलहरु जुल खेल कानुनि रुपमा खेलाउन बन्देज गरिएका खेलहरु हाल निर्वात रुपमा संचालन भएकाछन्। झण्डी बूर्जा जस्तै १, २, ३ नम्बर भएको खेल, रिङ लगायतका खेलहरु हाल टुडिखेलमा संचालन भएका छन्।
नेपालीहरुको महान पर्व विजया दशमी पर्व लक्षित हुने गरी आज (फुलपाती) देखि नवमी सम्म टुडिखेलमा हार्ट बजार संचालन हुदैछन्। भेडा च्याङग्रा, देखि दैनिक उपभोग्य बस्तु एवं हस्तकलाका सामाग्रिहरु पनि उक्त स्थानमा बिक्रि वितरण भई रहेको छ । मेलामा पोखरा, पोखरा आसपासका आम जनताहरु दशैं पर्व सहित जाडो मौसम सुरु भएसंगै आवश्यक पर्ने सामान किन्न आउने गरेकाछन्।