अमेरिकाको मेनह्याटनमा ४ घरबारविहीनको निर्मम हत्या

पोखरा न्यूज- १८, असोज । अमेरिका मेनह्याटन चाइनाटाउनमा घरबार विहीन चारजनाको निर्मम हत्या भएको छ भने एकजना घाइते अवस्थामा फेला परेका छन् । न्युयोर्क सिटी प्रहरीले उनीहरु सडकमा सुतिरहेको बेला फलाम वा अन्य कुनै मेटलको वस्तुले हानेर हत्या गरिएको अनुमान गरेको छ ।

घटनामा संलग्न रहेको आशंकामा एक २४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका संदिग्ध पनि घरबारविहीन नै रहेको प्रहरीले जनाएको छ । मृतकहरुको शव तीन फरक फरक ठाउँमा भेटिएको पनि प्रहरीले उल्लेख गरेको छ ।

निकै बर्बर घटनाहरुको विवरण प्रहरीले बिहान २ बजे देखि प्राप्त गर्न थालेको थियो जब एक ४९ वर्षीय घाइते पुरुष र एक शव फेला परेको थियो । अन्य बाकीँको शव पछि बिहान नजिकैको सडकहरुमा भेटिएको थियो । गम्भीर घाइते एकको मेनह्याटन अस्पतालमा उपचार भइरहेको तथा घटना पछाडिको कारण पत्ता लागि नसकेको पनि प्रहरीले बताएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button