बौलाहा स्यालको टोकाइबाट ६ घाइते

पोखरा न्यूज- १८, असोज । सप्तरीको लालपुरमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स्यालले आक्रमण गर्दा स्थानीय ४० वर्षीया गुलावीदेवी रौनियार, २५ वर्षिया अमेरिकादेवी साह, ओमप्रकाश साह र आड वर्षीय छोरा गोविन्द साहलगायत अन्य दुई गरी छ घाइते भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिए ।

घाइते अन्यको नाम खुल्न नसकेको जानकारी दिँदै स्यालको टोकाइबाट घाइते भएका उनीहरुको कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको स्थानीयवासी साहले बताए । यता, आक्रमण गर्ने बौलाहा स्यालको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button