दशैँमा पोखराबाट बाहिरिने यात्रु सँग बढी भाडा लिने ६ सवारीसाधन नियन्त्रणमा

पोखरा न्यूज – २०, असोज । दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारण सँग  बढी भाडा असुल्ने  ६ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दशैँ मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरि चेकजाँच कडा पारेको  प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँदै उनले यस क्रममा आइतबार बढी भाडा असुल गरेको छ वटा सवारीसाधन र चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताए ।

मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको पाइएमा प्रहरीमा खबर गर्न उनले सबैसँग आग्रह गरे  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button