यसरी मनाउदै छन् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले दशैँ

दीननाथ बराल, पोखरा न्यूज -२०, असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले यस बर्षको वडा दशैँ आफ्नो जन्मथलो लमजुङको गिलुङ (टक्सार) मा  मनाउने भएकाछन्। महाअष्टमी देखि लमजुङ पुगेका मुख्यमन्त्री गुरुङले  मुख्य गरी आफ्ना  तीन खलकका मान्यजनबाट टिका लगाएर  र आशिर्वाद लिएर  दशैँ मनाउने भएका छन्।

मुख्यमन्त्री गुरुङले लमजुङ टक्सारका  ७९ बर्षीय काका नरजंग गुरुङ, ८० बर्षीय मनिप्रसाद गुरुङ र अर्का  काका ७२ बर्षीय गम बहादुर गुरुङको हातबाट टिकाको शुभसाइत १० :३५ मा टिका थाप्ने भएका हुन् । मुख्यमन्त्री भए पनि नेपाली परम्परा अनुसारकै विगतका बर्षमा जसरी दशैं पर्व मनाईदै आएको थियो सोही अनुरुप यस बर्षको दशैं पर्व पनि मनाउने योजना रहेको मुख्य मन्त्री गुरुङले बताए ।मान्यजनहरुसंग गुरुङ परम्परा अनुसारको सेतो टिका र जमरा एवं फुल लगाएर टिका थाप्दै आफ्नी श्रीमती, छोरा-छोरी, भाई-बुहारी, भतिजको साथमा छरछिमेकीलाई टिका तथा जमरा लगाइदिने मुख्यमन्त्री गुरुङले पोखरा न्यूजलाई बताए ।

महाअष्टमीको राति मौला घर कालरात्रि पूजा कार्यक्रममा सरिक भई मुख्यमन्त्री गुरुङले नवमीमा आफ्नै घरमा वलि दिने कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएका छन्। आफ्ना आफ्न्तहरुसंगको भेटघाट हुदै रातभर नाचगाँन हुने मौला घरमा  नवमीको दिनमा  घर घरमा वली दिने प्रचलन परम्परादेखि चलिआएको छ । गुरुङ समुदायमा प्रायः गरी रागाँको वलि दिने चलन रहेको छ भने केहीले वोकाको वलि दिने गरेका छन् ।

नेपालीहरुको महान चार्ड दशैँ पर्वको रौनक विस्तारकै हराउदै गएमा चिन्त्ता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले नेपाली परम्परा र नेपाली संस्कृति र संस्कारसंग जोडिएका यस्ता पर्वलाई मौलिक परम्परा अनुसार आफ्नो गच्छे अनुसार विना तडक भड्क मनाउन आग्रह गरेका  छन्। नेपालका प्रायः धेरै गाउँहरु रित्तिदै शहर केन्द्रित हुने गरेको परिपाटीले नेपाली मौलिक परम्पराका चार्ड पर्वमा पनि यसले धेरै प्रभाव पारेको मुख्यमन्त्रीको गुनासो  छ ।

उनले भने “ पहिला दशैं आउदा गाउँ घरमा हरेक घर घरमा रंग रोगन, बाटो घाटो सरसफाई, टोल टोलमा पिङ, विदेश भएकाहरु दशैंको अवसरमा घर फर्किने, विभिन्न काम विषेशले गाउँ छाडेकाहरु दशैंमा प्रायः सवै जसो गाउँ जाने दुखः सुःख साटसाट गर्ने प्रचालन रहेको थियो तर आज यो सस्कार धेरै मात्रमा हराउदै गएको छ ।” रोजगारी, स्वास्थ्य, शिक्षा सहितका केही सुविधा पाउने आशमा आफ्नो जन्मथलो छाडेर शहर केन्द्रित हुनुले नेपालका धेरै गाउँहरुमा दशैं  प्रायः शुन्य जस्तै हुने गरेको उनले बताए ।

देश संघियतामा गएसंगै गाउँ गाउँमा सरकारको उपस्थितीले यातायातदेखि धेरै आधारभूत सेवा सुविधा उपलब्ध हुदै आएकोले आफ्नै गाउँ ठाउँमा कुनै रोजगार र उत्पादनशिल क्षेत्रमा पसिना बगाउन मुख्य मन्त्रीले युवा जमातलाई सन्देश दिएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button