पोखरा महानगर प्रमुख र उपप्रमुखको दशैँ तयारी

दीननाथ बराल, पोखरा न्यूज -२०, असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले यस बर्षको दशैं टिका विगतका बर्ष झै आफ्ना बाबु ८६ बर्षीय नरबहादुर जिसी र आमा ८८ बर्षीया मान कुमारी जिसीको हातबाट लगाउने भएका छन्। आफ्ना मान्यजनबाट टिका, जमरा र फुलको साथमा आशिर्वाद थाप्दै आफ्ना आफन्तलाई टिका लगाउने तयारी भएको मेयर जिसीले पोखरा न्यूजलाई बताए ।

दशैं पर्व खुसि र मनोरन्जनका साथ मनाउन आग्रह गर्दै मेयर जिसीले दशैंको नाममा फजुल खर्च नगर्न सम्पूर्ण नगरवासीलाई सुझाव दिएका छन्। उनले भने “ दशैं पर्वले सवैमा नयाँ उमङग, उत्साह, सकरात्मक सोचको विकास गर्न सकोस, दशैं पर्वको मर्म र भावना अनुसार आफ्नो क्षमता अनुसार मनाउने गरौं,  कसैको देखासिकी नगरौं ।” दशैं पर्व हामीले किन मनाउने भन्ने बारेमा भावी पुस्तालाई बुझ्न र बुझाउन आवश्यक भएको बताउदै मेयर जिसीले दशैंलाई उचित ढंगले मनाउन आग्रह गरे ।

यसैबिच, पोखरा महानगरपालिकाका उपमेयर मन्जु देवि गुरुङले यस बर्ष पनि आफुले आफ्ना आफन्तजनहरुसंग दशैं पर्वमा भेटघाट एक आपसमा दुःख शुख  साटसाट गरी मनाउने तयारी गरेको बताइन्। विगत केही बर्ष देखि उनले दशैं टिका लगाउन छाडेकी हुन्।

दशैं पर्वले सवैमा सहयोगी भावना, एक आपसमा आत्मियता कायम गर्दै सकरात्मक सोचको विकास गराउन सकोस भन्ने उपमेयर गुरुङले कामना गरेकी छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button