इटालीमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा १३ महिलाको मृत्यु, दर्जन भन्दा बढी बेपत्ता

पोखरा न्यूज – २१, असोज । इटालीको लाम्पेडुसा द्वीप नजिकै आप्रवासीहरु बोकेको एक डुङ्गा पल्टिँदा १३ महिलाको मृत्यु भएको छ ।

खराब मौसमका कारण पल्टिएको डुङ्गामा रहेका २२ को जीवितै उद्वार गरिएको र दर्जन भन्दा बढी हराइरहेको इटालीका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हराइरहेका मध्ये कम्तीमा ८ जना बालबालिका रहेको डुङ्गामा सवार यात्रुहरुले बताएका छन् । ट्युनिसियन तटबाट हिँडेको डुङ्गामा ५० भन्दा बढी सवार रहेको इटालीको एसोसिएटेड प्रेस नेसनल एजेन्सीले उल्लेख गरेको छ ।

हरेक वर्ष भुमध्यसागर हुँदै हजारौं आप्रवासी कठिन यात्रा गर्दै युरोप छिर्न संघर्ष गर्छन् । यसरी जोखिमपूर्ण यात्रा गर्ने क्रममा डुङ्गाहरु पल्टिँदा थुप्रै आप्रवासीहरुको मृत्यु भइसकेको छ । इटाली र ग्रीस हुँदै युरोप छिर्ने आप्रवासीको सङ्ख्यामा व्यापक वृद्धि भएपछि पछिल्लो महिना फ्रान्स र इटालीले युरोपियन युनियन भरि नै आप्रवासी बाँडफाँड गर्ने प्रणालीको माग गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button