थाइल्यान्डको झरनामा खसेर मर्ने हात्तीको संख्या ११ पुग्यो

पोखरा न्यूज – २२, असोज । थाइल्यान्डको खाओ याई राष्ट्रिय निकुञ्जमा रहेको झरनामा खसेर मर्ने हात्तीको सङ्ख्या ११ पुगेको छ ।

निकै हृदयविदारक लाग्ने उक्त घटना एक तीन वर्षे छावालाई बचाउने क्रममा घटेको हो । यसअघिको ड्रोन फुटेजमा ६ हात्ती मृत देखिएकोमा पछिल्लो फुटेजमा अरु ५ हात्ती पनि मृत भेटिएपछि कुल मृत हात्तीको संख्या ११ पुगेको हो । सबै हात्तीहरु ५० फुट उचाईको उक्त झरनाबाट खसेर मरेका हुन् । घटनामा उद्धार गरिएका दुई हात्तीलाई भने बथानमा फर्काइएको छ ।

घटनालाई थाइल्यान्डको इतिहासकै सबैभन्दा ठूलो जङ्गली वन्यजन्तु विनाशको घटना मानिएको छ । यसअघि सन् १९९२ मा पनि यस्तै घटनामा ८ हात्तीको मृत्यु भएको थियो । तीन हजार भन्दा बढी जङ्गली हात्तीहरु रहेको थाइल्यान्डमा उक्त निकुञ्जमा मात्रै १७० हात्ती रहेको जनाइएको छ । हात्तीहरु दु:ख परेकालाई मद्दत गर्ने निकै सहृदयी र सहानुभूतिपुर्ण जनावर मानिन्छ ।

अधिकारीहरुले नरक कुवा नाम दिएको उक्त घटनास्थलबाट सकेसम्म छिटो मृत हात्तीहरुको शरीर हटाउने प्रयास थालेको बताइएका छ । झरना वरपर प्रदुषित हुन नदिन उक्त प्रयास थालेको थाइल्यान्डका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button